लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन « Khabarhub

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सप्तरी– लैङ्गिक हिंसा नियन्त्रणका लागि बुधबार जिल्लामा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ ।

 जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजु सिद्धि बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरेको प्रहरी नायब उपरीक्षक शिव शर्माले जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक बज्राचार्यको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत भिमराज बस्नेत, मानवअधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेल, जिल्ला  एकाइबाट अध्यक्ष रामप्रसाद चौधरी, उद्योग वाणिज्य संघबाट अध्यक्ष लालु अग्रवाल, नागरिक समाजबाट अध्यक्ष थानसिंह भन्साली, गैसस महासंघ सप्तरीका अध्यक्ष दीपक झा, प्याब्सनका अध्यक्ष अरुणकुमार देव, स्थानीय विद्यालयबाट पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजका प्रधानाध्यापक मोहन मिश्र चयन भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : १९ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत