तपाईँलाई आफ्नो राशि थाहा छ ? कसरी थाहा पाउने ? | Khabarhub Khabarhub

तपाईँलाई आफ्नो राशि थाहा छ ? कसरी थाहा पाउने ?


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रअनुसार १२ राशिहरू रहेका छन् । राशिहरूको स्थितिको गणनाको आधारमा ज्योतिषीले व्यक्तिको जन्म कुण्डलीमा जन्म राशि, राशि ग्रह तथा राशि स्वामीको आँकलन गरेर व्यक्तिको गुण–अवगुण, प्रवृत्ति, व्यवहार र उसको जीवनमा कति सफलता प्राप्त हुन्छ यसको जानकारी प्राप्त गर्छन् । 

चन्द्रमाको स्थितिका आधारमा जातकको राशि के हुने भनेर निर्भर गर्छ । राशिहरूका  आफ्नै प्रकृति, गुणहरू र प्रतीकात्मक चिह्न छन् । धेरैलाई आफ्नो राशिका बारेमा थाहा नहुन सक्छ । ज्योतिषशास्त्र अनुसार यसरी आफ्नो राशि थाहा पाउन सकिने छ । 

मेष–  मेष राशि अन्तरिक्षमा ० डिग्रीदेखि ३० डिग्रीमा अवस्थित पहिलो राशि, जसको मालिक मङ्गल हो । जन्मको समयमा कसैको नाम अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एक पाउ अर्थात् ‘चू, चे, चो, ला, ली, लू, ले, लो, अ’ यी नौ वटा अक्षरबाट आएको छ भने मेष राशि हुनेछ ।

वृष–  वृष अन्तरिक्षमा ३० डिग्रीदेखि ६० डिग्रीकोबीच अवस्थित दोस्रो राशि हो । वृष राशिको स्वामी शुक्र ग्रह हो । जन्मको समयमा व्यक्तिको नाम कृतिकाको बाँकी तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ अर्थात् ‘ई, ऊ, ए, ओ, बा, बी, बू, बे, बो’ अक्षरबाट नाम आउने वृष राशिमा पर्ने गर्छन् ।

मिथुन– अन्तरिक्षमा ६० डिग्रीदेखि ९० डिग्रीको बीचमा अवस्थित, वायु तत्त्व प्रधान राशि हो यसको स्वामी बुध ग्रह हो । जन्मको समयमा कुनै व्यक्तिको नाम बाँकी मृगशिराको दुई पाउ, आर्दापुनर्वसुको तीन पाउ अर्थात् ‘का, की. कू, के, को, घ, ङ, छ, हा’  अक्षरबाट बाट आएका मान्छे मिथुन राशिमा पर्छन् ।

कर्कट– अन्तरिक्षमा ९० डिग्रीदेखि १२० डिग्रीमा अवस्थित जल तत्त्व प्रधान कर्कट राशि, यसको स्वामी चन्द्रमालाई मानिन्छ । जन्मको समयमा नाम पुनर्वसुको बाँकी एक पाउ, तिष्य, अश्लेषा अर्थात् ‘डा, डी, डु, डे, डो, ही, हू, हे, हो’ अक्षरबाट बाट आउने मानिसहरू कर्कट राशिको हुन्छन् ।

सिंह– अन्तरिक्षमा १२० डिग्रीदेखि १५० डिग्रीमा अवस्थित अग्नि तत्त्व प्रधान सिंह राशि, यसका स्वामी सूर्य ग्रह हुन् । व्यक्तिको जन्मको समयमा ‘मा, मी, मू, मे, मो, टा, टी, टू, टे’ बाट नामको पहिलो अक्षर आउने वा नाम मेघा, पूर्वफाल्गुनी र उत्तराफाल्गुनी एक पाउ पर्ने सिंह राशिमा  पर्ने छन् ।

कन्या–  अन्तरिक्षमा १५० डिग्रीदेखि १८० डिग्रीमा अवस्थित पृथ्वी तत्त्व प्रधान कन्या राशि, जसको मालिक बुध मानिन्छ ।  जन्मको समयमा मानिसको नाम उत्तरफाल्गुनीको बाँकी तीन पाउ, हस्ता र चित्रा नक्षत्रको दुई पाउ अर्थात् ‘टो, पा, पी, पू, ष, ण, ठ, पे, पो’ यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाइ कन्या राशिमा पर्नुहुनेछ ।

तुला– अन्तरिक्षमा १८० डिग्रीदेखि २१० डिग्रीमा अवस्थित वायु तत्त्व प्रधान तुला राशि, जसको स्वामी शुक्र मानिन्छ । जन्मको समयमा कुनै व्यक्तिको नाम चित्रा नक्षत्रका बाँकी दुई पाउ, स्वाती, विशाखाको तीन पाउ अर्थात् ‘रा, री, रू, रे, रो, ता, ती, तू, ते’ यी नौ वटा अक्षरबाट बाट आएको छ भने तपाई तुला राशिमा पर्नुहुनेछ ।

वृश्चिक– अन्तरिक्षमा २१० डिग्रीदेखि २४० डिग्रीमा अवस्थित जल तत्त्व भएको, स्थिर स्वभावको अत्यन्त महत्त्वपूर्ण राशि वृश्चिक, जसको स्वामी मङ्गल हो । जन्मको समयमा विशाखाको एक पाउ, अनुराधा र ज्येष्ठा अर्थात् ‘तो, ना, नी, नू ,ने, नो, या, यी, यू’ लगायतका अक्षरबाट नाम सुरु हुन्छ भने उनीहरू वृश्चिक राशिमा पर्छन् ।

धनु– अन्तरिक्षमा २४० डिग्रीदेखि २७० डिग्रीमा अवस्थित अग्नि तत्त्व प्रधान धनु राशि, धनुको स्वामी बृहस्पति हो । जन्मको समयमा मूल, पूर्वषाढा, उत्तरषाढाको एक पाउ अर्थात् ‘ये, यो, भा, भी, भू, धा, फा, ढा, भे’ बाट नाम सुरु हुने धनु राशिमा पर्छन् ।

मकर– अन्तरिक्षमा २७० डिग्रीदेखि ३०० डिग्रीमा अवस्थित पृथ्वी तत्त्व प्रधान मकर राशि हो, जसको मालिक शनि देव हुन् । जन्मको समयमा उत्तरषाढाको बाँकी तीन पाउ श्रवण र धनिष्ठाको दुई पाउ अर्थात् ‘भो, जा, जी, खी, खू, खे, खो, गा, गी’ अक्षरबाट बाट नाम सुरु हुने मकर राशिमा पर्ने छन् ।

कुम्भ– अन्तरिक्षमा ३०० डिग्रीदेखि ३३० डिग्रीमा अवस्थित वायु तत्त्व प्रधान, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो । जन्मको समयमा बाँकी धनिष्ठा नक्षत्रका दुई पाउ, शतभिषा र पुर्वभाद्रपदाका तीन पाउ अर्थात् ‘गू, गे, गो, सा, सी, सू, से, सो, दा’ अक्षरबाट नाम सुरु हुने कुम्भ राशिमा पर्नेछ ।

मीन– अन्तरिक्षमा ३३० डिग्रीदेखि ३६० डिग्रीमा अवस्थित, जल तत्त्व प्रधान, दोहोरो स्वभावको अन्तिम राशि मीन, जसको स्वामी बृहस्पति हो । जन्मको समयमा पूर्वभाद्रपदा नक्षत्रको बाँकी एक पाउ, उत्तरभाद्रपदा र रेवती अर्थात् ‘दी, दू, थ, झ, ञ, दे, दो, चा, ची’ यी नौ वटा अक्षरबाट नाम सुरु भएको छ भने धनु राशिमा पर्नेछन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ४४ बजे

एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको

असई हुँ भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

कैलाली– ब्यूरोबाट खटी आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५

नेपालको माध्यमिक शिक्षा : फिनल्याण्डबाट सिकौं

काठमाडौं– अहिले नेपालमा शिक्षा ऐनबारे बहस चलिरहेको छ । सरकारले

कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी मियाँलाई

सुर्खेत– कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी नजिर मियाँलाई दिइएको छ ।

चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

चितवन– जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ