मकवानपुर गोल्डकप माघ २९ गतेदेखि सुरु हुने  « Khabarhub

मकवानपुर गोल्डकप माघ २९ गतेदेखि सुरु हुने 


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ २९ गतेदेखि पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप सुरु हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा दुई वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

प्रतियोगिता पिप्ले क्याम्पा रङ्गशाला हेटौंडामा हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख रुपैयाँ र द्वितीय हुनेलाई १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए । 

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा मनाङ्ग मर्स्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, सातदोबाटो युवा, नेपाल पुलिस, एपीएफ, एनआरटी, मच्छिन्द्र, जावलाखेल युथ, एभिनिर एफसी क्यामरुन,आयोजक मकवानपुरले सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ०२ बजे

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार