पोखरापछि मानसरोवर जहाज चलाउँदै नाट्टा बाँके च्याप्टर « Khabarhub

पोखरापछि मानसरोवर जहाज चलाउँदै नाट्टा बाँके च्याप्टर


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल एशोसिएसन अफ टूर एण्ट ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले पोखरापछि नेपालगञ्जबाट मानसरोवर जहाज चलाउने भएको छ । माघ १६ गतेदेखि नाट्टा बाँके च्याप्टरले नेपालगञ्जबाट मानसरोवर माउन्टेन फ्लाइट गर्ने भएको हो ।

यसअघि नाट्टाले नेपालगञ्जदेखि पोखरा जहाज चलाएर ‘ब्रेक–थ्रू’ गरेको थियो । एक महिनासम्म सीता एयरको जहाज चार्टर्ड गरेर नाट्टा बाँके च्याप्टरले पोखरा उडान गरेको थियो । नाट्टाको पहल सफल भएपछि बुद्ध एयरले अहिले नेपालगञ्ज–पोखरा उडान गर्दै आएको छ । नेपालगञ्ज–पोखरा उडानले भारतीय तथा नेपाली पर्यटकलाई ठूलो राहत दिएको छ । जसको सुरुवाती जोखिम र पहल नाट्टा बाँके च्याप्टरले उठाएको थियो ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा पोखराको सफल उडानपछि मानसरोवर उडान भर्न लागिएको हो । जसको सुरुवात माघ १६ गते वेष्टर्न ट्राभल मार्टबाट हुनेछ । १६ गते बुद्ध एयरको जहाज भाडामा लिएर नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट गर्न लागेको हो ।

यसका लागि नाट्टा बाँके च्याप्टरले बुद्ध एयरसँग सम्झौता गरिसकेको छ । पहिलो चरणको उडानमा भारतका झण्डै ७० जना उच्च तहका पर्यटन व्यवसायीले जहाजबाट कैलाश मानसरोवर दर्शन गर्नेछन् ।

वेष्टर्न ट्राभल मार्टका क्रममा नाट्टा बाँके च्याप्टरले दोस्रो योजनाका रुपमा मानसरोवर उडान सफल गराउने उद्धेश्य बोकेको छ । पोखराको उफल उडानपछि अहिले नेपालगञ्ज आएका भारतीय पर्यटक सजिलै पोखरा आउने र फर्किने क्रम बढेको छ ।

भारतीय पर्यटकले पोखराभन्दा पनि मानसरोवरलाई अझ ठूलो र धार्मिक रुपमा विशेष गन्तव्यका रुपमा लिने गर्छन् । उनीहरुको त्यो चाहना पुरा गर्नुका साथै कैलाश मानसरोवर दर्शनलाई सहज बनाउन नाट्टा बाँके च्याप्टरले मानसरोवर माउन्टेन फ्लाइट गर्न लागेको अध्यक्ष श्रीराम सिग्देलले बताए ।

‘धेरैले नेपालगञ्ज–पोखरा उडानलाई सामान्य ठानेका थिए । तर हामीले जोखिम उठाएर ब्रेकथ्रू पनि गर्यौ । नाट्टाको पहलले गर्दा नै अहिले नेपालगञ्ज–पोखरा उडान भइरहेको छ’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले भने, ‘अब दोस्रो पहल मानसरोवर हुँदैछ । नाट्टा बाँके च्याप्टरकै पहलमा नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट हुँदैछ । सबैको साथ पाएमा माउन्टेन फ्लाइट निरन्तर गर्नेछौँ ।’

नाट्टा बाँके च्याप्टरले नै पश्चिम नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न पर्यटन बोर्डसँगको सहकार्यमा वेष्टर्न ट्राभल मार्ट सुरु गरेको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासका लागि नाट्टा बाँके च्याप्टरले अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ४७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान