सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री « Khabarhub

सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने बताए ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा आज आयोजित २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा गृहमन्त्री लामिछानेले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन र अध्ययन गरी सशस्त्र प्रहरीको जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरुको सुरक्षा, औद्योगिक एवं राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा उनले प्रशंसा पनि गरे।

गृहमन्त्री लामिछानेले यसअघि निरीक्षण भ्रमणका क्रममा भने बमोजिम राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको आधारभूत आवश्यकताको रुपमा रहेको बसोबास, बन्दोबस्ती, लत्ता कपडा, हातहतियार उपलब्ध गराउनेतर्फ मन्त्रालयले पहलकदमी सुरु गरिसकेको पनि जानकारी गराए ।

सशस्त्र प्रहरीले गरेका हरेक क्रियाकलापबाट समाज, देश र जनताले शान्ति सुरक्षासँग विकासको अनुभूत गर्न सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री लामिछानेले भने, “सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलमार्फत सुरक्षा र विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ, जसबाट सीमा क्षेत्रको भौतिक विकासको साथै सीमा क्षेत्रका जनताको मनमा देश प्रेम र राष्ट्रभक्तिको भावना झनै वृद्धि हुने विश्वास लिएको छु ।”

उहाँले विपद् व्यवस्थापनमा थप जनशक्ति निर्माण गर्न, स्रोतसाधन उपलब्ध गराउन र आवश्यक नीति निर्माणमा मन्त्रालयले विशेष भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाल सरकारले विसं २०७२ को भूकम्पको उद्धारमा सशस्त्र प्रहरी बलले गरेको कामको उच्च मूल्याङ्कन गर्दै अब उप्रान्त हुन सक्ने विपद्मा प्रभावकारी भूमिका निर्वाह गर्न थप स्रोतसाधन उपलब्ध गराउने नीति लिएको जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १० : ०२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको