नेपालका प्रथम रक गायक खड्काको निधन « Khabarhub

नेपालका प्रथम रक गायक खड्काको निधन


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका प्रथम रक गायक माइक खड्काको निधन भएको छ । ६९ वर्षीय खड्काको आज बिहान उनकै निवास पुल्चोकमा निधन भएको हो । 

नेपाली, अंग्रेजी, हिन्दी गीत संगीतका ज्ञाता माइक खड्का नेपाली जनमानसमा नेपालका एल्भिस प्रेस्ले भनेर पनि चिनिन्छन् । उनले विधिवत रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए ।

उनले गायक ओमविक्रम विष्ट, अरुण थापा , दिव्य खालिँग र नेपालको पुरानो सांगीतिक व्याण्ड फ्रिडमसित पनि सांगीतिक सहकार्य गरेका छन्। केही अंग्रेजी गीत रेकर्ड गराएका खड्काले सो एल्बम रिलिज गर्न पाएनन् ।

सन् १९५५ जनवरी १४ का दिन ललितपुर जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएम का निर्देशक पनि थिए । 

उनकी पत्नी र एक छोरा छन् । 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ११ : ५४ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान