स्याङ्जाको छायाँक्षेत्र मन्दिरमा पाँच लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन | Khabarhub Khabarhub

स्याङ्जाको छायाँक्षेत्र मन्दिरमा पाँच लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्याङ्जाको छायाँक्षेत्र शिव मन्दिरमा पाँच लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।

स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा पाँच लाख १४ हजार छ सय ९७ रुपैयाँ भेटी सङ्कलन भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनले द्रूत सेवा प्रयोग गरेबापत एक लाख ५१ हजार आठ सय, भजनकीर्तनमा चढाएको दानबाट एक लाख १३ हजार दुई सय, स्टल बिक्रीबाट ९१ हजार चार सय ४०, सहयोग रसिदबाट ५५ हजार २५, दानपेटिकाबाट ५४ हजार एक सय ८०, आजीवन सदस्यबाट ४१ हजार तीन सय र पार्किङबाट सात हजार सात सय ४५ रुपैयाँ रकम सङ्कलन भएको हो ।

महाशिवरात्रिका अवसरमा मन्दिरमा देशका विभिन्न ठाउँबाट बीस हजार बढी श्रद्धालु भक्तजनले दर्शन गरेका मन्दिर व्यवस्थापन समितिका सहसचिव शोभाकान्त पौडेलले बताए । विभिन्न शीर्षकमा सङ्कलन भएको रकमलाई मन्दिरको भौतिक पूर्वाधारको विकासमा खर्च गरिने उनको भनाइ छ ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिए अनुसार पार्वतीको शेष रहेका सबै अङ्ग यसै ठाउँमा पतन भएको किंबदन्ती रही आएको छ । भगवान शिव ब्याकुल भई त्रिशूल प्रहार गरी जल उत्पत्ति गरेको र सोही जल आज पनि ढुङ्गाको कोप्चेराबाट छङछङ गर्दै बहिरहेकाले यस ठाउँलाई ‘छाङ्छाङ्दी’ पनि भन्ने गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  २ : ५८ बजे

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा