महोत्तरीमा नेविसंघको विवाद चुलिँदै « Khabarhub

महोत्तरीमा नेविसंघको विवाद चुलिँदै


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को विवाद चुलिन थालेको छ । छलफल नै नगरी जिल्लाका नेताहरुले अध्यक्षका लागि सुनिल सुमनको नाम केन्द्रमा पठाएपछि विवाद चुलिएको हो ।

केन्द्रबाट जिल्ला अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि जिल्लाका नेताहरुले सुमनको नाम मात्र पठाएपछि विवाद बढेको हो ।

यस विषयमा बुधबार नै २३ जना विद्यार्थी नेताले सामूहिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाइसकेका छन् । नेविसंघको लोकतान्त्रिक इतिहास र गरिमा नै चोट पुगेको उनीहरुको भनाइ छ ।

नेविसंघका केन्द्रीय सदस्य विजय रायसहितले निकालेको विज्ञप्तिमा आफूखुसी मनोमानी वा केही सीमित व्यक्ति र स्वार्थको समूहको प्रभावमा परेर सुमनको मात्र एकल नाम पठाउने निर्णय तत्काल सच्याउन माग गरिएको छ । साथै उनीहरुले विद्यार्थीहरुको भेला बोलाउन पनि माग गरेका छन् ।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेविसंघको आन्तरिक विवादले जिल्लाका दुईवटा क्याम्पसमा हुने आसन्न निर्वाचनलाई समेत असर पर्ने देखिएको छ ।

केन्द्रले तोकेको अध्यक्ष सुमनलाई विद्यार्थी नेताहरुले स्वीकार गर्न नसक्दा क्याम्पसका एकाइ कमिटी समेत प्रभावित हुने अवस्था सिर्जना भएको हो । क्याम्पसका एकाइ सभापतिहरुले समेत सुमनको संयोजकत्वको सम्बन्धमा आपत्ती जनाएका छन् ।

विद्यार्थीको असन्तुष्टिलाई माउ पार्टी कांग्रेससका केही नेताहरुले समेत समर्थन जनाएका छन् । कांग्रेस महोत्तरीका पूर्वसचिव बजरंग नेपालीले विद्यार्थी नेताहरुको असन्तुष्टि जायज रहेको वताए ।

तर, केन्द्रमा नाम पठाउने जिम्मेवारी पाएका जिल्ला सभापति नागेश्वर यादवले भने सुनिल सुमनको नाम विधिवत् रुपमा पठाएको दाबी गरे । ‘हामीले छलफल गरेर नै सुमनको नाम पठाएका हौँ । अब उहाँहरुले किन असन्तुष्टि जनाउनु भयो, मलाई थाहा छैन,’ उनले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ३ : ०४ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई