आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास प्रदर्शन « Khabarhub

आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास प्रदर्शन


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाही सदरमुकाम मलङ्गवामा आज आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास अभ्यास प्रदर्शन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागितामा जिल्ला समन्वय समितिको तीन बिघे मैदानमा आगलागी नियन्त्रण तथा उद्धार कार्यको संयुक्त अभ्यास गरिएको हो ।

सुक्खायाम सुरु भएसँगै यहाँ आगलागीको जोखिम धेरै हुने भएकाले सबै सुरक्षा निकायबीच समन्वय गरी आगलागी नियन्त्रण तथा उद्धार अभ्यास गरिएको सर्लाहीका प्रहरी प्रवक्ता कैलाश राईले जानकारी दिए । मलङ्गवाको तीनबिघे मैदानमा सानो झुप्रो बनाई त्यसमा आगो लागेको देखाई सो आगलागी नियन्त्रण गर्दै आगोमा पररेर घाइते भएकालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको दृश्य प्रदर्शन गरिएको थियो ।

प्रत्येक वर्ष सुक्खायाममा आगलागी हुँदा सर्लाही जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको छ । अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ५६ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा