दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा प्यानल निर्वाचित « Khabarhub

दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा प्यानल निर्वाचित


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ उम्मेदवार भुवन महरा सभापतिमा निर्वाचित भएका छन्। उनी नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौँका साझा उम्मेदवार रहेका थिए ।

कुल ८ सय ७४ मत खसेकोमा महराले ३७४ मत पाएका थिए। स्वतन्त्र र अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट उम्मेदवारी दिएका पुष्करराज जोशीले १७७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार लोकराज ओझाले १६४, अनेरास्ववियुका उम्मेदवार पुष्पराज सुवेदीले १०५ र स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिएका सरोज ठगुन्नाले २१ मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट सचिवमा महरा प्यानलबाटै ३९९ मत ल्याएर बम बहादुर बिक र कोषाध्यक्षमा सर्वाधिक ४०८ मत ल्याएर ज्योती शाहु निर्वाचित भए।

त्यस्तै सदस्यमा महरा प्यानलकै भागरथी विष्ट, लालबहादुर खत्री, सुनिल बोहरा, जीतबहादुर महरा, दीपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक र दिनेश खड्का निर्वाचित भए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : २९ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक