छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप भोलिदेखि « Khabarhub

छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप भोलिदेखि


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भोजपुर – छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता भोलि सुरु हुने भएको छ ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सदरमुकामको स्थानीय टुँडिखेलमा प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछ भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

भोजपुर नगरपालिका–७ मा बन्दै गरेको रङ्गशालाको निर्माण कार्य पूरा नभएकाले यस वर्षको प्रतियोगिता पनि टुँडिखेलमा नै सञ्चालन हुन लागेको आयोजकले जानकारी गराएको छ ।

गोल्डकपको तयारीका विषयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभित्रका छ र बाहिरका दुई टिमको सहभागिता हुने जानकारी दिइयो ।

करिब रु ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताएका छन्। नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि बजेटको व्यवस्थापन गरिदिन थालेको छ । नगरपालिकाले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका लागि वार्षिक कार्यक्रममा नै बजेट विनियोजन गर्ने गरेको छ ।

“जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, सानो रकमले भोजपुर जस्तो दुर्गम ठाउँमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिँदैन”, अध्यक्ष सुवालले भने ।

गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सुवालले प्रतियोगिता सञ्चालनका लागि रु ३२ लाख ८० हजार लाग्ने सुनाए । प्रतियोगिताको सहप्रायोजकमा शिवम फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजी बु्रअरी रहेको प्रतियोगिताका संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ८ : १४ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी