राष्ट्रपति पौडेललाई चेम्बरको बधाई « Khabarhub

राष्ट्रपति पौडेललाई चेम्बरको बधाई


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना दिएको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ(आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ ।

उनले वर्तमान आर्थिक सङ्कट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो ।

भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको बताएको चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  २ : ४२ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा