जलवायु परिवर्तनको सामना गर्न सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने विज्ञहरूको सुझाव | Khabarhub Khabarhub

जलवायु परिवर्तनको सामना गर्न सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने विज्ञहरूको सुझाव


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा वातावरणीय प्रभावका असरहरू द्रुत गतिमा देखिन थालेको भन्दै विज्ञहरूले यसको नियन्त्रणमा सरकार र निजी क्षेत्रले हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले जलवायु परिवर्तनको प्रभाव र विश्वव्यापी प्रतिक्रियाबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने जनाएका हुन् ।

कार्यक्रममा बोल्दै डा. देउवाले जलवायु परिवर्तन तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै यस मुद्दालाई तत्काल अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने बताइन् ।

उनले जलवायु परिवर्तनमा नेपालको विधिहरू वातावरणमैत्री नै भएपनि अझै धेरै काम भने गर्न बाँकी रहेको बताइन् ।

कार्यक्रममा वातावरणविद् डा. माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो प्रतिवेदनले धेरै सचेत हुनुपर्ने सन्देश दिएको जनाए । उनले पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको बताउँदै यसले धेरै ठूलो असर गर्न सक्ने चेतावनी दिए ।

नेपालको सन्दर्भमा हिमाली भेगमा परिवर्तन बढ्दै गएको उल्लेख गर्दै उनले हिमनदीहरू सुक्दै जाने र जलविद्युत परियोजनामा पनि असर पुग्न सक्ने सम्भावना रहेको बताए । उनले सरकारले तत्काल यसका असरहरू कम गर्ने गरी काम अघि बढाउनुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा रुढुक नेपालका राष्ट्रिय निर्देशक डा. कृष्णकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा अनियमित पानी पर्ने, दिउँसो तापमान बढेको र रातिको तापमान घट्दै गएकोजस्ता प्रभाव देखिएको बताए । यसले कृषि उत्पादानमा असर गरेको उल्लेख गर्दै उनले नदीमा मात्रै नभई जमिनमुनिको पानीको तह पनि घट्दै गएको उल्लेख गरे ।

कार्यक्रममा डेनमार्कका पूर्वउपसभामुख रासमस हेल्भेग पिटर्सनले वातावरण प्रदूषण र कार्बन घटाउन आफ्नो मुलुकले धेरै विधिहरू लागू गरेको जानकारी दिए । उनले वातावरणीय प्रभावका चुनौतीहरू सामाना गर्नैपर्ने उल्लेख गर्दै त्यसका लागि व्यवहार र विधिहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले ठूला मुलुकले उत्सर्जन गर्ने कार्बनले नेपालजस्ता साना मुलुकले समस्या भोग्नुपरेको बताइन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र वातावरण क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : ३६ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते