जलवायु परिवर्तनको सामना गर्न सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने विज्ञहरूको सुझाव « Khabarhub

जलवायु परिवर्तनको सामना गर्न सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने विज्ञहरूको सुझाव


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा वातावरणीय प्रभावका असरहरू द्रुत गतिमा देखिन थालेको भन्दै विज्ञहरूले यसको नियन्त्रणमा सरकार र निजी क्षेत्रले हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले जलवायु परिवर्तनको प्रभाव र विश्वव्यापी प्रतिक्रियाबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने जनाएका हुन् ।

कार्यक्रममा बोल्दै डा. देउवाले जलवायु परिवर्तन तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै यस मुद्दालाई तत्काल अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने बताइन् ।

उनले जलवायु परिवर्तनमा नेपालको विधिहरू वातावरणमैत्री नै भएपनि अझै धेरै काम भने गर्न बाँकी रहेको बताइन् ।

कार्यक्रममा वातावरणविद् डा. माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो प्रतिवेदनले धेरै सचेत हुनुपर्ने सन्देश दिएको जनाए । उनले पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको बताउँदै यसले धेरै ठूलो असर गर्न सक्ने चेतावनी दिए ।

नेपालको सन्दर्भमा हिमाली भेगमा परिवर्तन बढ्दै गएको उल्लेख गर्दै उनले हिमनदीहरू सुक्दै जाने र जलविद्युत परियोजनामा पनि असर पुग्न सक्ने सम्भावना रहेको बताए । उनले सरकारले तत्काल यसका असरहरू कम गर्ने गरी काम अघि बढाउनुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा रुढुक नेपालका राष्ट्रिय निर्देशक डा. कृष्णकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा अनियमित पानी पर्ने, दिउँसो तापमान बढेको र रातिको तापमान घट्दै गएकोजस्ता प्रभाव देखिएको बताए । यसले कृषि उत्पादानमा असर गरेको उल्लेख गर्दै उनले नदीमा मात्रै नभई जमिनमुनिको पानीको तह पनि घट्दै गएको उल्लेख गरे ।

कार्यक्रममा डेनमार्कका पूर्वउपसभामुख रासमस हेल्भेग पिटर्सनले वातावरण प्रदूषण र कार्बन घटाउन आफ्नो मुलुकले धेरै विधिहरू लागू गरेको जानकारी दिए । उनले वातावरणीय प्रभावका चुनौतीहरू सामाना गर्नैपर्ने उल्लेख गर्दै त्यसका लागि व्यवहार र विधिहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले ठूला मुलुकले उत्सर्जन गर्ने कार्बनले नेपालजस्ता साना मुलुकले समस्या भोग्नुपरेको बताइन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र वातावरण क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : ३६ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु