बारामा बुथ कब्जाको प्रयास, मतदान केन्द्रमा पत्रकारलाई रोक « Khabarhub

बारामा बुथ कब्जाको प्रयास, मतदान केन्द्रमा पत्रकारलाई रोक


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तरगत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।

ईरनवास्थित मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरूलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन्। त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरूले समेत पत्रकारहरूलाई दुर्व्यवहार गर्न खोजेका छन् । त्यसपछि त्यहाँ रहेका प्रहरीले सन्चारकर्मीहरुलाई उद्धार गरेका हुन् ।

यसअघि मात्रै, बाराको देवताल गाउँपालिका–७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई गरेको हो। पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ। यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन्। 

विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : २८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार