आज उपनिर्वाचनः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान « Khabarhub

आज उपनिर्वाचनः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा आज मतदान हुदैँछ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुनेछ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुन लागेको हो ।

चितवन–२ वाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठबीचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।

यसैगरी, बारा–२ वाट विजयी रामसहाय यादव उपराष्ट्रपति तथा तनहु–१ वाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोविन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ६ : १७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार