महारेजको ह्याट्रिकमा म्यानचेस्टर एफए कपको फाइनलमा « Khabarhub

महारेजको ह्याट्रिकमा म्यानचेस्टर एफए कपको फाइनलमा


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियाद महारेजको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

बेम्बली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

सिटीले पेनाल्टीवाट खेलमा अग्रता लिन सुरु गरेको थियो । खेलको ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । बर्नाडो सिल्भालाई स्लाइड फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका हुन् । र, अन्तत पहिलो हाफ १–० को स्थीतिमा रह्यो ।

उनै महारेजले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसको पाँच मिनेटमा नै अर्थात ६६औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महारेजले अर्को गोल गरे । एउटै खेलमा लगातार तीन गोल गरेर महारेजले ह्याट्रिक मात्रै गरेनन, क्लबलाई ३–० ले बिजयी पनि गराउँदै फाइनलमा लगिदिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना