मतदातालाई रकम बाँडिएको सूचना पाएँ : एमाले उम्मेदवार पौडेल « Khabarhub

मतदातालाई रकम बाँडिएको सूचना पाएँ : एमाले उम्मेदवार पौडेल


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् ।

उनले आफूले  विभिन्न स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना पाएको बताएका छन् । तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ ।

‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।

केहीबेरअघि बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका थिए ।

बाराको क्षेत्र नम्बर २ मा बिहान ७ बजे सुरु भएको मतदान चलिरहेको छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : ३८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित