मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे  | Khabarhub Khabarhub

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे 


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिएका छन् । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्थाको कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । यस्तै फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । 

सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा ४० हजार र प्रदेशस्तरमा सात हजारका दरले दिइने फाउण्डेशनका सचिव लामाले जानकारी दिए । यसअघि फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो । 

उक्त तीनवटै पुरस्कार जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने फाउण्डेशनका सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १२ : २७ बजे

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका