साँखु-लप्सीफेदी सडक पुननिर्माण गरिने « Khabarhub

साँखु-लप्सीफेदी सडक पुननिर्माण गरिने


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुननिर्माणको काम गरिने भएको छ । 

साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुननिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग (बेस) थपेर कालोपत्र गरिने डिभिजनका सूचना अधिकारी सुनित केसीले बताए । उनले भने, ‘त्यहाँ धेरै खण्डमा धेरै बिग्रिएको छ, सडक बलियो बनाउन पुरानो सामग्री हटाएर नयाँ हालेर गर्नुपर्ने छ ।’

साँखु–मेलम्ची सडकमा मेलम्चीबाट क्रसरको ढुंगा र गिट्टी लिएर आउने टिपरले गर्दा सडक बिग्रिएको उनले बताए। अधिकांश खण्डमा नियमित रुपमा मर्मत, खाल्डाखुल्डी भएका स्थानमा खाल्डा टाल्ने, कालोपत्र माथिबाट थप्ने (ओभरले) गरिने डिभिजनको योजना छ ।  बढी समस्या भएको ठाउँमा तल्लो भाग नै हटाएर पुननिर्माण गरिन लागिएको उनले जानकारी दिए।   

यसअघि कार्यालयले चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको एउटा खण्डमा पुनःनिर्माणको काम गत महिना सुरु भएको थियो । बल्खुदेखि कलंकीसम्म पुनःस्थापना यो आवभित्र सकिने उनले बताए।  एक दशमलव दुई किमी लम्बाइमा सर्भिस लेनमा काम भइरहेको छ । चक्रपथको अरु खण्डमा तत्काल यस्तो समस्या नपाइएको उनले बताए । 

डिभिजन कार्यालयले चालु आवभित्र स्वीकृत कार्यक्रमअन्तर्गत कलंकीबाट खसीबजार हुँदै बल्खु खण्ड, लैनचौरदेखि महाराजगञ्ज, लैनचौरबाट चक्रपथ हुँदै बालाजु बाइपास, साँखुबाट लप्सीफेदी हुँदै भोटेचौरसम्म आवधिक मर्मत गरिरहेको छ । 

चक्रपथको बल्खु क्षेत्र र साँखुदेखि लप्सीफेदीसम्म बढी क्षति भएकाले पुननिर्माण अघि बढाउन लागिएको डिभिजन कार्यालयले जनाएको छ । साँखुबाट लप्सीफेदीसम्मको सडक सिन्धुपाल्चोक जोड्ने सडकका रुपमा रहेको छ । साँखु आफैँमा महत्वपूर्ण सहर रहेको छ भने सिन्धुपाल्चोकबाट जोडिने छोटो मार्ग भएकाले यो सडकको महत्व अझै बढेको छ । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १२ : ५८ बजे

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी