बाराको मतदानमा प्रहरी प्रशासनबाटै धाँधली भयो : एमाले उम्मेदवार पौडेल « Khabarhub

बाराको मतदानमा प्रहरी प्रशासनबाटै धाँधली भयो : एमाले उम्मेदवार पौडेल


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बारा– बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका बुथहरूमा प्रहरीका सई र असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।

उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा , सनफुलवा, सिन्चाइ  बुथ लगायत बुथहरूमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’ 

उम्मेदवार पुरुषोत्तम पौडेलले भने बारा २ मा भइरहेको उपनिर्वाचनले गठबन्धन सरकारको मखौल उडाएको छ । स्वच्छ निर्वाचन गराउने माग गदै उनले भने, ‘म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ३ : ०३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार