उपनिर्वाचन सम्पन्न भएकोमा कांग्रेस सभापति देउवाद्वारा धन्यवाद ज्ञापन « Khabarhub

उपनिर्वाचन सम्पन्न भएकोमा कांग्रेस सभापति देउवाद्वारा धन्यवाद ज्ञापन


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

आइतबार साँझ विज्ञप्ति जारी गर्दै सभापति देउवाले उपनिर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद दिएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडलेद्वारा जारी विज्ञप्तिमा सभापति देउवाले मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकको लोकतन्त्रप्रतिको आस्था अभिव्यक्त भएको बताएका हुन् ।

उनले उपनिर्वाचनको परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र सँस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विश्वास व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : १३ बजे

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता