अब सैद्धान्तिक शिक्षाले मात्र हुँदैन | Khabarhub Khabarhub

अब सैद्धान्तिक शिक्षाले मात्र हुँदैन



काठमाडौं महानगरले ‘शिक्षामा सीप’ कार्यक्रम ल्याएर राम्रो काम गरेको छ। यसलाई हामी सबैले आभार व्यक्त गर्नुपर्छ। हामीलाई शिक्षामा सीप नै चाहिएको हो। सैद्धान्तिक शिक्षाले मात्र हुँदैन भन्ने हामीले बुझेका थियौँ तर त्यसलाई ठ्याक्कै उतार्न काठमाडौँ महानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

यो कार्यक्रमबाट धेरै किसिमका धेरै सिकाइ भइरहेको छ। म त्यो सिकाइसहित प्रस्तुत गर्न चाहन्छु। यो कार्यक्रमले विद्यार्थी भाइबहिनीहरूमा श्रमको सम्मान गर्न र श्रमको गरिमा बुझ्नलाई सबैभन्दा पहिलो सहयोग गरेको छ।

उनीहरूलाई ९० घण्टामा अहिले सबै कुरा सिकाउन सकिँदैन र सक्षम अहिलै बनाउन सकिँदैन तर उनीहरूले कामको सम्मान गर्न सब भन्दा पहिला सिकिसकेको त्यो कामको सम्मान गर्दै गर्दा उनीहरूले जुनसीपको तालिम लिइरहेका छन् त्यो तत्काल लगेर घरमा उतार्न सक्छन्। विद्यार्थी अर्थात् छात्राले सिकेको ब्युटीसियनको कोर्स पनि घरमा गएर प्रयोग गर्न सक्छन्।

घरमा अब एमसीबी डाउन हुँदा इलेक्ट्रिसियन सिकिरहेका छात्रछात्राले उनीहरूको घरमा इलेक्ट्रिसियन बाहिरबाट बोलाउनु पर्दैन। एउटा बल्ब गयो भने त्यो बल्ब उनीहरूले तत्काल नै रिपियर्ड गर्न सक्छन्। तर यस्ता किसिमका काम सिकाउँदा चाहिँ सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ। केही पेशा वा व्यवसायमा सुरक्षा संवेदनशीलता हुन्छन्। जस्तै इलेक्ट्रिसियन पनि सुरक्षासँग धेरै नै जोडिएको छ। त्यसैले यसमा सुरक्षा पहिला सिकाउनु पर्ने हुन्छ। तर सिकिसकेकाले तुरुन्तै आफ्नो घरबाट नै सुरुवात गर्न सक्छन्।

छात्राले थ्रेडिङ मात्र गरे भने पनि बाहिर ब्युटीपार्लर गएर ५० रुपैयाँ वा १०० रुपैयाँ खर्च गर्नु पर्दैन। अब त्यो पैसा नै आम्दानी हुने भयो। अहिले उनीहरूले प्रत्येक चिजलाई वा सिकाइलाई एक अर्कामा मिलेर प्राक्टिस गर्छन्। नत्र घरमा एउटा कार्पेट एरिया नाप भन्दा हाम्रो विद्यार्थीले सक्दैनथे। सायद अब इलेक्ट्रिसियनको तालिम लिनेहरूलाई हामीले लु कार्पेट एरिया नाप त भन्यो भने उसले कार्पेट एरिया घरमा नापेर त्यसको एरिया निकालेर सबै गर्न सक्छन्।

म यसलाई सिकाई (लर्निङ)को रूपमा लिन्छु। उनीहरूले प्राक्टिस गर्दा एकले अर्कोको सहयोगमा गर्ने गर्छन्। विद्यार्थीमा अहिले एक्लै बस्ने बानीले गर्दा त हो विदेश जाने चाहना भएको, घरबाट टाढा जाऊ भन्ने चाहना भएको हो। हामीले विद्यार्थीलाई रोजगारीमूलक दक्षता सिकाई रहनु आवश्यक छ।

‘कोरा टेक्निकल स्किलले’ मात्र काम गर्दैन। उनीहरू भोलि जब पास आउट भएर बजारमा जान्छन् त्यहाँ गइसकेपछि बजारमा काम गर्दा कसरी व्यवहार गर्ने कस्टोमरलाई कसरी खुशी पार्ने, कसरी सिनियरसँग व्यवहार गर्ने, कस्तो अनुशासन चाहिन्छ, के के सामाजिक दक्षता चाहिन्छ भन्ने पार्ट पनि अप्रत्याशित रूपमा सिकिसकेका हुन्छन्। सीपले धेरै ठाउँमा साथ दिन्छ।

चुनौतीको विषय
आजको दिनमा काठमाडौं महानगरपालिका तथा अन्य महानगरपालिका वा स्थानीय सरकारले पनि यसको सुरुवात गरिसक्नु भएको छ। यसको चर्चा मात्र नभएको हो। काठमाडौं महानगरबाट विकास भएको कोर्ष नै अरूले प्रयोग गर्नुपर्छ भन्ने होइन। त्यो हामी सबै नेपालीको हो। हाम्रो ७५३ स्थानीय सरकारको हो।
यो एउटा कोर्ष हो। यो जोसुकैले पनि प्रयोग गर्न सकिन्छ। स्थानीय भाषाहरू प्रयोग गर्ने क्रममा एक ठाउँ अर्को ठाउँ भन्ने होला। सीपका कुरामा ब्युटीसियन अथवा इलेक्टिसियन भनेको त स्थानीय सरकार होस् या अर्को स्थानीय तह सबैमा एउटै हो।

जस्तो काष्ठकलाको कुरा गर्दा ठाउँ अनुसार बोलीचालीको भाषा फरक होला तर काष्ठकला त काष्ठकला नै हो। त्यसमा चलाउने सीप त एउटै हो। त्यसैले गर्दा एकले अर्कोबाट लिन मिल्ने, यो पाठ्यक्रमलाई उपयोग गर्न मिल्ने त्यो सम्पूर्ण व्यवस्था छ।

सीटीईभीटीसँगको सहकार्य
यो कार्यक्रम राम्रोसँग ल्याइदिनु भएको छ। एउटा सीटीईभीटी वा शिक्षा मन्त्रालय मात्र होइन यो पढाई, सिकाई, शिक्षामा सीप र नेपाल सरकारको मुख्य उद्देश्य नै शिक्षालाई सीपसँग जोड्ने हो। सीपलाई श्रमसँग जोडने, श्रमलाई उत्पादनसँग जोड्ने, उत्पादनलाई सम्मानित रोजगार तथा स्वरोजगारीसँग जोडने, सम्मानित रोजगारी वा स्वरोजगारीलाई संवृद्धिसँग जोड्ने हो।

त्यो गर्दा सीटीईभीटी या उ भन्ने छैन। ९ कक्षामा ९० घण्टा सिक्यो। १० कक्षामा त्यो भन्दा एडभान्स स्किल अर्को ९० घण्टा सिक्ला । गर्दैजाँदा ३९० घण्टा सकेपछि तथा काम गर्न थालेको १ वर्ष पुगिसकेपछि राष्ट्रिय सीप परीक्षण समितिबाट उसले सीप परीक्षण पनि लिन पाउने व्यवस्था हामीले गर्नुपर्नेछ। त्यो व्यवस्था गरियो भने हामीले सीटीईभीटीको राष्ट्रिय सीप परीक्षण समिति परीक्षणमा पनि जोड्यौँ।

विद्यार्थीले सरकारी वा सार्वजनिक संस्थामा जागिर लिनुपर्ने भयो भने सर्टिफिकेट चाहिने हो नत्र निजी रोजगारदाताले सर्टिफिकेट हेर्नु हुँदैन। उहाँहरूले हातमा सीप छ कि छैन। त्यो हेर्ने हो। तर सीप परीक्षण नै गर्न पनि १८ वर्ष पुरा हुनुपर्छ।

अर्को कुरा ३९० घण्टा नै पुग्नुपर्छ भन्ने छैन। यदि उ १८ वर्ष पुगेको छ र उसले सीप जानेको छ भने त्यो सीप कम्तीमा १ वर्षदेखि कामका रूपमा गरेको हुनुपर्छ। त्यसको प्रमाण चाहिन्छ। स्थानीय सरकार या रोजगारदातामार्फत उसले त्यो ल्याउने बित्तिकै उसको टेस्ट हुन्छ। त्यहाँ कुनै घण्टा वा समय जोड्नु पर्ने आवश्यकता रहँदैन।

शिक्षक विद्यार्थी भाइबहिनीहरूलाई सीटीईभीटीबाट कुनै प्राविधिक सहयोग चाहियो भने पनि सीटीईभीटी जहिले पनि तयार छ। किनभने त्यो हाम्रो काम हो। हाम्रो बालबालिकाको स्किल विकास गर्न खोजेको हो। समग्रमा भन्दा एउटै महानगरपालिका र एउटै सरकार मात्र नभई यसलाई समग्र नेपाल राष्ट्र कै रूपमा बुझ्नुपर्छ।

एउटा छुटेको पार्ट अहिले देशविदेश भनिरहेको अवस्थामा सायद यस्ता किसिमका कार्यक्रमबाट हामीले नेपालमा नै उहाँहरूलाई राख्न सक्छौँ। हामीले हाम्रो बालबालिकालाई देशप्रति समर्पित नागरिक बनाउनु पर्नेछ।

अहिले हामीलाई संविधानले नै निर्दिष्ट गरेको निर्देशन दिएको पाट देशप्रति समर्पित बनाउने भन्ने र बजारको लागि तयार हुनसक्ने सीप भएको युवा जनशक्ति तयार गर्ने भन्ने पाटहरू हामीले बुझेका छौँ। काठमाडौँ महानगरपालिका लगायतका केही स्थानीय सरकारबाट सुरु भएको छ र नेपाल सरकारले अबको बजेटमा केही अन्य स्थानीय सरकारको मातहतमा हुने गरी उनीहरूले तयार गर्ने गरी कामहरू अगाडि बढाउनलाई बजेटको व्यवस्थापनको लागि प्रस्ताव गरिएको छ। बजेट त आउन बाँकी नै छ। त्यसले गर्दा हामीलाई कुनै किसिमको समस्या हुन्छ भन्ने छैन। विद्यालयले नगरपालिकाकै वा स्थानीय सरकारको नै मुख ताकिरहेमा समस्या हुनसक्छ। यो कामलाई हामीले सीपलाई पाठ्यक्रममा नै समायोजन गर्न सक्यो भने अझ सहज हुनेरहेछ।

हामीले ६ र ७ कक्षामा भएको पूर्वव्यवसायिक शिक्षालाई हटायौँ। यो फेरि ल्याउँदै सानै तहदेखि केही विस्तारै सीप सिकाउँदै नरम चिजदेखि सुरु गर्दै गरेर समायोजन गर्नुपर्ने हो कि त्यसो गरे विद्यार्थीले शनिबारको समय आफ्नो परिवारसँग सामाजिक क्रियाकलापको लागि बिताउन सकोस्। त्यसरी गर्ने सकिने भन्ने धेरै सिकाइका साथ यसलाई हामीले योजना बनाउँदा कार्यान्वयनमा आउँदा र भोलि पनि सहकार्य गर्नुपर्दा हामीले गर्न सकियोस् र सीटीभीटीले थप के गर्न सक्छ त्यो हेर्न सकौँ।

(दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब र रेडियो क्यान्डिडले आयोजना गरेको ‘शिक्षामा सीप कार्यक्रमको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) का निर्देशक डा. अनोज भट्टराईले राखेको धारणाको सम्पादित अंश)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  २ : ३९ बजे

एक न्यायमूर्तिको बकपत्र : मेरो इमान इज्जतले हार खायो

काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको मृत्युको खबर सुनेलगत्तै अधिवक्ता

‘विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी’ 

काठमाडौं–  उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न

दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो 

सियोल– दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त

सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

काठमाडौं– संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर