कमला नदीमा नियमविपरित नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै प्रशासनलाई ज्ञापन « Khabarhub

कमला नदीमा नियमविपरित नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै प्रशासनलाई ज्ञापन


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिराहा – चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउण्डेशन नेपालले जिल्लाको विभिन्न स्थानबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदीजन्य पदार्थ उत्खननको नियमन तथा नियन्त्रण गनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाएको छ।

नेपाल सरकारले तोकेको मामदण्ड विपरीत तथा वातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी भएको उत्खनन रोक्न माग गर्दै फाउण्डेशनका अध्यक्ष विणुकुमार साह नेतृत्वसहितको टोलीले जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख भोजराज खतिवडामार्फत विभिन्न सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाएको हो।

फाउण्डेशनले बुझाएको ज्ञापनपत्रमा जिल्लाको विभिन्न नदी तथा स्थानबाट मापदण्ड विपरीत भइरहेको उत्खननले वातावरणीय असन्तुलन, चुरे विनाश, भूक्षय तथा पानीका मुहान सुक्न थालेकाले मापदण्ड विपरीतका उत्खनन तत्काल रोक्न माग गरेको छ।ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि कमला बचाउ अभियानको नाममा स्थानीय किसान, राजनीतिक दल, नागरिक समाजले उठाउँदै आएको आवाजप्रति ऐक्यबद्धता जनाउँदै उहाँहरूले उठाएको माग छिटोभन्दा छिटो पुरा गर्न सरोकारवालासँग अपिल गर्दछु।’

विशेष गरेर सिराहा धनुषाको सिमाना भएर बग्ने धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वको कमला नदीबाट राज्यले तय गरेको मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन भइरहेको प्रति फाउण्डेशनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कमला नदीको जथाभाबी उत्खननका कारण किनारमा रहेका सिराहातर्फका कर्जन्हा, कल्याणपुर र सिराहा नगरपालिका प्रत्येक वर्ष प्रभावित हुने गरेका छन्। धनुषातर्फको चारनाथ तथा कमला नगरपालिकाका बासिन्दा प्रभावित हुने गरेका छन्।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ५७ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने