कमला नदीमा नियमविपरित नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै प्रशासनलाई ज्ञापन | Khabarhub Khabarhub

कमला नदीमा नियमविपरित नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै प्रशासनलाई ज्ञापन


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिराहा – चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउण्डेशन नेपालले जिल्लाको विभिन्न स्थानबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदीजन्य पदार्थ उत्खननको नियमन तथा नियन्त्रण गनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाएको छ।

नेपाल सरकारले तोकेको मामदण्ड विपरीत तथा वातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी भएको उत्खनन रोक्न माग गर्दै फाउण्डेशनका अध्यक्ष विणुकुमार साह नेतृत्वसहितको टोलीले जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख भोजराज खतिवडामार्फत विभिन्न सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाएको हो।

फाउण्डेशनले बुझाएको ज्ञापनपत्रमा जिल्लाको विभिन्न नदी तथा स्थानबाट मापदण्ड विपरीत भइरहेको उत्खननले वातावरणीय असन्तुलन, चुरे विनाश, भूक्षय तथा पानीका मुहान सुक्न थालेकाले मापदण्ड विपरीतका उत्खनन तत्काल रोक्न माग गरेको छ।ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि कमला बचाउ अभियानको नाममा स्थानीय किसान, राजनीतिक दल, नागरिक समाजले उठाउँदै आएको आवाजप्रति ऐक्यबद्धता जनाउँदै उहाँहरूले उठाएको माग छिटोभन्दा छिटो पुरा गर्न सरोकारवालासँग अपिल गर्दछु।’

विशेष गरेर सिराहा धनुषाको सिमाना भएर बग्ने धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वको कमला नदीबाट राज्यले तय गरेको मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन भइरहेको प्रति फाउण्डेशनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कमला नदीको जथाभाबी उत्खननका कारण किनारमा रहेका सिराहातर्फका कर्जन्हा, कल्याणपुर र सिराहा नगरपालिका प्रत्येक वर्ष प्रभावित हुने गरेका छन्। धनुषातर्फको चारनाथ तथा कमला नगरपालिकाका बासिन्दा प्रभावित हुने गरेका छन्।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ५७ बजे

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

किमाथांका– सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३

चामलबिना पूजा किन पूर्ण भएको मानिँदैन?

काठमाडौं– हिन्दु धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रूपमा

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुलुक ढकालले पार्टी सुधार्ने आफ्ना