प्रतिनिधिसभा बैठक : सुशासन कायम गर्न ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : सुशासन कायम गर्न ध्यानाकर्षण


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ।

सांसदहरुले कपिलवस्तुका उखु किसानले अनुदान रकम नपाएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा नलिइएको, विदेशमा श्रमका लागि काम गर्न जाँदा मृत्युवरण भएका नेपालीको शव ल्याउन कठिनाइ हुने गरेको, जलवायु परिवर्तनको प्रभावबाट नेपालले पाउने क्षतिपूर्तिका लागि लविङ गर्न, किसानलाई मलको व्यवस्था गर्न, विद्यालय कर्मचारीलाई श्रम शोषण नगर्न, कक्षा १० को पाठ्यक्रमबाट डा सन्दुक रुइतको जीवनी हटाइएको, धनकुटामा पञ्चायतकालमा दमनमा संलग्नलाई प्रतिष्ठान बनाइ आर्थिक सहयोग गरिएको लगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

शून्य समयमा सांसद् बुद्धिमान तामाङ, भगवती चौधरी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मानबहादुर गुरुङ, मनिष झा, महिन्द्रकुमार राय, महेशकुमार बर्तौला, महेश बस्नेत, माधव सापकोटा, मानवीर राई, गुप्ताकुमारी यादव, मेनकाकुमारी पोखरेल, मैना कार्की,  मंगलप्रसाद गुप्ता, मञ्जु शर्मा अन्सारी र योगेन्द्र मण्डलले आफ्ना भनाइ राखिन् ।

यस्तै सांसदहरू योगेशकुमार भट्टराई, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रञ्जुकुमारी झा, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार राई, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशंकर यादव, रामहरि खतिवडा, रुक्मिणी राणा बराइली, रुपा चौधरी, रेखा यादव, रोशन कार्की, लक्ष्मी तिवारी, लिलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल र रणेन्द्र बराइलीले शून्य समयमा भाग लिएका थिए ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १२ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै