‘भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन’  « Khabarhub

‘भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन’ 


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुन नसक्ने स्पष्ट पारेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद केसीले नीति तथा कार्यक्रममा सुशासनप्रतिको प्रतिबद्धता गरिएको भन्दै सुशासन कायम गर्नका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक रहेको बताए । 

‘हामीले प्रत्येक वर्षको बजेट र नीति तथा कार्यक्रममा भ्रष्टाचारप्रति शून्य सहनशीलताको कुरा गर्छौ तर यो कुरा सुन्दा-सुन्दा जनताको कान टट्याइसकेको छ’, उनले भने , ‘अब भ्रष्टाचारप्रतिको शून्य सहनशीलता व्यवहारमा उतार्न सक्नुपर्छ ।’ उनले स्थानीय र प्रदेश तहमा पनि बेरुजु देखिएको बताए ।

उनले प्रतिपक्षी दलका नेताले कुनै पनि कालखण्डको भ्रष्टाचार छानबिनको कुरा गरिसकेको भन्दै सरकारलाई काम गर्न सहज भएको बताए । उनले बेरोजगारी, महँगी तथा श्रमका लागि विदेशमा जानुपर्ने समस्या समाधान गर्न आग्रह गरे । उनले कृषिमा औद्योगिकीकरण, व्यापारिकरण र व्यावसायीकरण गर्न निरन्तर आवाज उठाउँदै आइएको भन्दै किसानलाई सक्षम, सुदृढ र सबल बनाएर कृषि क्षेत्रलाई विशेषरूपले प्रभावकारी रुपमा परिचालन गर्न सकियो भने विदेश पलायन हुने युवाहरूलाई आकर्षित गर्न सकिने बताए ।

उनले भनसुनको राजनीति र मनसुनको खेतीमा निर्भर रहने अवस्थाले राष्ट्रिय अर्थतन्त्रलाई राष्ट्रिय दिशानिर्देशन गर्ने विषयमा सबल र सुदृढ गराउन नसक्ने बताए । ‘नीति तथा कार्यक्रम आशावादी छ तर कार्यान्वयनको प्रतिवद्धतासहित संस्थागत विकास र व्यवस्थापकीय सहयोग जररुी छ’, उनले भने , ‘जनतामा भएको आकांका  सम्बोधन गर्न अहिलेकै संयन्त्र र साधनस्रोतले सम्भव छैन ।’

उनले नीति तथा कार्यक्रममा सर्वसुलभ शिक्षाको विषय उठान गरिए पनि अझै पनि संघीय शिक्षा ऐन र शिक्षा नीति आउन नसकेको बताएका छन् । उनले संघीय शिक्षा ऐन नबन्दा केन्द्र, प्रदेश र स्थानीयतहमा शैक्षिक अराजकताको अवस्था निर्माण भइरहेका बताए ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ४० बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज