अहिलेको नीति तथा कार्यक्रम विगतको भन्दा उत्कृष्ट « Khabarhub

अहिलेको नीति तथा कार्यक्रम विगतको भन्दा उत्कृष्ट


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि विगतको भन्दा राम्रो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले देश र जनताका समस्या सम्बोधन गर्ने प्रयास नीति तथा कार्यक्रममा समेटिएको बताए । 

‘नीति कार्यक्रममा कमजोरी छैनन् म भन्दिन, तर विगत छ वर्षयताको सबैभन्दा उत्कृष्ट छ’, उनले भने, ‘सबैको भविष्य यसको कार्यान्वयनसँग जोडिएको छ, नीति तथा कार्यक्रम राम्रै आउने तर कार्यान्वयन नहुने हाम्रो नियति रहेको छ, तर यसपटक कार्यान्वयन हुने ढंगबाट नीति तथा कार्यक्रम आएको छ ।’

नीति तथा कार्यक्रमले मुख्यतः मुलुकका तीन वटा क्षेत्रमा देखिएको समस्या समाधानको प्रयत्न गरेको सांसद शर्माको भनाइ छ । ‘नीति तथा कार्यक्रमले अहिलेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अराजकताको समस्या समाधान गर्ने र राष्ट्रलाई नयाँ ढंगले अगाडि बढाउने संकल्पका साथ आएको छ’, उनले भने ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ५२ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि