मुख्यमन्त्री शाह नेतृत्व टोली र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेटवार्ता  | Khabarhub Khabarhub

मुख्यमन्त्री शाह नेतृत्व टोली र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेटवार्ता 


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको  छ । 

मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेश पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए ।

भेटमा आयोगका उपाध्यक्ष डा श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताए । कुनै बेला काठमाडौँ आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदूरपश्चिम काठमाडौँको धेरै टाढा नरहेको उनको भनाइ छ। 

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई समेटेको भन्दै आयोग उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिइनेमा विश्वास दिलाए।  ‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेरै संघीयता आएको हो’, उनले भने ‘त्यो कुरा हामी सबैले बुझ्नुपर्‍यो, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो ।’

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  २ : १२ बजे

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिमा ५५ जनाले दिए आवेदन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न खोज्दा किन विरोध ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति

एमालेले फुकुवा गर्‍यो बिन्दा र उषाकिरणमाथिको ६ महिने कारबाही

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय