राष्ट्रियसभा बैठक : कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिनुपर्ने « Khabarhub

राष्ट्रियसभा बैठक : कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिनुपर्ने


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गन्जागोल दस्तावेजका रुपमा टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा यस वर्षको नीति तथा कार्यक्रम विगतकै निरन्तरताका  रुपमा आएको दाबी गरे। उनले देशको आर्थिक अवस्थातर्फ सरकारको ध्यान नगएको, सरकारले लिएको निर्धारित लक्ष्य प्राप्ति नभएकामा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बताए ।

नीति तथा कार्यक्रममा भुलभलैया लाग्ने शब्दबाहेक केही पनि भएको उल्लेख गर्दै सांसद श्रेष्ठले कार्यक्रमले मुलुकको अहिलेको संकट समाधान गर्न नसक्ने जिकिर गरे । उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सरकारलाई सुझाव दिए ।

‘राष्ट्रिय गौरवका आयोजना निर्माणमा अर्बौँ रकम खर्चिएको भए पनि हालसम्म ती आयोजनाको प्रगति के हो भन्ने नीति तथा कार्यक्रममा खुलेको छैन’, उनले भने , ‘यी आयोजनालाई निर्धारित समयमा पूरा गर्नुपर्छ भन्ने कार्यक्रम आउनुपर्ने थियो तर त्यसो हुनसकेन ।’

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  २ : २० बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी