राष्ट्रियसभा बैठक : कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिनुपर्ने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिनुपर्ने


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गन्जागोल दस्तावेजका रुपमा टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा यस वर्षको नीति तथा कार्यक्रम विगतकै निरन्तरताका  रुपमा आएको दाबी गरे। उनले देशको आर्थिक अवस्थातर्फ सरकारको ध्यान नगएको, सरकारले लिएको निर्धारित लक्ष्य प्राप्ति नभएकामा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बताए ।

नीति तथा कार्यक्रममा भुलभलैया लाग्ने शब्दबाहेक केही पनि भएको उल्लेख गर्दै सांसद श्रेष्ठले कार्यक्रमले मुलुकको अहिलेको संकट समाधान गर्न नसक्ने जिकिर गरे । उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सरकारलाई सुझाव दिए ।

‘राष्ट्रिय गौरवका आयोजना निर्माणमा अर्बौँ रकम खर्चिएको भए पनि हालसम्म ती आयोजनाको प्रगति के हो भन्ने नीति तथा कार्यक्रममा खुलेको छैन’, उनले भने , ‘यी आयोजनालाई निर्धारित समयमा पूरा गर्नुपर्छ भन्ने कार्यक्रम आउनुपर्ने थियो तर त्यसो हुनसकेन ।’

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  २ : २० बजे

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिमा ५५ जनाले दिए आवेदन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको