सोमिलिया, इथियोपिया र केन्याका ७० लाख बालबालिका कुपोषणको शिकार « Khabarhub

सोमिलिया, इथियोपिया र केन्याका ७० लाख बालबालिका कुपोषणको शिकार


९ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ- अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका सत्तरी लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

यी तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । उक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै  तत्काल पोषण सहायता उपलब्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ ।

अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहोर्नुपरेको, गाईबस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्य प्रायः भएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको पूर्वी र दक्षिण अफ्रिकाका लागि कोषका क्षेत्रीय निर्देशक मोहम्मख फलले बताएका छन् । खाना र पानीको खोजीमा लाखौँ बालबालिका आफ्ना अभिभावकसँग घरबाट हिँडेकाले उनीहरू शिक्षाबाट समेत वञ्चित हुनुपरेको पीडादायी अनुभव उनले साझा गरेका छन् ।

कोषका अनुसार सोमिलिया, इथियोपिया र केन्याका दुई करोड ३० लाख जनता खाद्य असुरक्षाको सामना गरिरहेका छन् । कुपोषणबाट गम्भीर रूपमा पीडित बालबालिका गत वर्षको तुलनामा निकै बढी रहेको तथा केही समयसम्म यो अझ उच्च रहने सम्भावना छ ।

प्रतिकूल मौसम, असुरक्षा र अभाव बालबालिका र महिलाका निम्ति चरम चुनौती बनेका छन् भने उनीहरू नै लैङ्गिक हिंसा, यौन शोषण र दुर्व्यवहारको जोखिम परेका छन् । हैजा, दादुरा, मलेरिया र अन्य रोगका कारण तीन वटै देशको स्वास्थ्य प्रणाली पनि समस्याबाट मुक्त हुन सकेको छैन ।

बजारमा खाद्यान्नको उच्च मूल्यले बालबालिका नचाहेर पनि परिवारका निम्ति बोझ भएका छन् । जलवायु सङ्कटले परिस्थितिलाई अझ जटिल बनाएको छ जसका कारण कुपोषण र विस्थापनमा वृद्धि भएको छ ।

गत वर्ष तीन करोडभन्दा बढी पाँच वर्षमुनिका बालबालिका र तिनका आमालाई कुपोषणको शिकार हुनबाट जोगाएका दाताप्रति आभार व्यक्त गर्दै कोषले यस वर्ष पनि उदार मनले सहायता रकम उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ३ : ३२ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास