कर्णाली राजमार्ग छिर्ने मुख्य नाकामा सिसी क्यामरा जडान « Khabarhub

कर्णाली राजमार्ग छिर्ने मुख्य नाकामा सिसी क्यामरा जडान


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्ग छिर्ने मुख्य नाकासहित बड्डिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको छ । बराहताल गाउँपालिका सुर्खेत र अस्थायी ट्राफिक पोस्ट बड्डिचौरको आयोजनाका सिसी क्यामरा जडान गरिएको हो । राजमार्ग र बजार क्षेत्रमा आठ वटा सिसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । 

शान्ति सुरक्षाका लागि सिसी क्यामरा मेरुदण्डका रूपमा रहने बराहताल गाउँपालिका-५ का वडाध्यक्ष धिमराज जुल्मी मगरले बताए । बराहताल गाउँपालिकाले शान्ति सुरक्षा, सडक सुरक्षालगायत अवाञ्छित क्रियाकलाप निगरानीसमेत गर्न तथा सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगका लागि अस्थायी ट्राफिक पोस्ट बड्डिचौरमा कन्ट्रोल रुम रहने गरी सिसी क्यामरा जडान गरिएको हो । 

प्रहरीसँगको समन्वयमा पालिकाले सिसी क्यामरा जडान गरेको बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगरले बताए । बजार क्षेत्रका हरेक चोक र स्थानमा सिसी क्यामरा राख्दा घटना कसरी घट्छन्, तिनका कारण सजिलै पत्ता लगाई अन्य घट्ने घटना न्यूनीकरण गर्न र दोषी पत्ता लगाउन सजिलो हुने कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालले बताए ।  

राजमार्ग तथा बजार क्षेत्रमा सिसी क्यामरा जडानपछि विभिन्न किसिमका चोरी डकैत, तस्करी, सवारी दुर्घटना कम हुने विश्वास गरिएको छ । पालिकाले सिसी क्यामरा जडान आगामी वर्षमा अन्य स्थानमा जोड्न बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ४० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका