गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह « Khabarhub

गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवस भव्यरुपमा मनाउन आग्रह गरेका छन् ।

गणतन्त्र दिवश २०८० मनाउने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज आयोजना बागमती प्रदेशस्तरीय मूल समारोह समितिको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले गणतन्त्रबारे भ्रम पैदा भइरहेकाले पनि यो दिवस भव्यरुपमा मनाउन प्रदेशका सचिवहरुलाई निर्देशन दिए ।

गणतन्त्र खतरामा परेको भन्दै उनले विभिन्न कार्यक्रम गरेर जनतालाई यसको महत्त्व बुझाउन जोड दिए । गणतन्त्रलाई चुनौती दिनेविरुद्ध प्रभावकारी कार्यक्रम गर्नु जरुरी रहेको बताउँदै उनले भव्य र सव्य कार्यक्रमको तयारी थाल्न निर्देशन दिए ।

बैठकले गणतन्त्र दिवस २०८० मा सरसफाइका कार्यक्रम, राष्ट्रिय झण्डा फराउने कार्यक्रम, रक्तदान, वृक्षरोपण, प्रभातफेरीलगायतका कार्यक्रम गर्नेबारे छलफल भएको थियो । बैठकमा विभिन्न मन्त्रालयका मन्त्री सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ८ : ५४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका