बाँकेमा बढ्दै थालेसेमियाका बिरामी « Khabarhub

बाँकेमा बढ्दै थालेसेमियाका बिरामी


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा थालेसेमियाका बिरामी बढेका छन् । वंशाणुगत रोगका रूपमा रहेको थालासेमिया थारू समुदायमा बढी देखिन्छ । यो रोग विशेष गरेर थारू, मधेसी, मुस्लिम, जनजाति समुदायमा लाग्ने गर्दछ । थालेसेमिया सिकलसेल एनिमिया जस्तै रोग हो । नेपालगञ्ज भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेका अनुसार प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चाहरू अस्पताल आउने गरेका छन् ।

हप्तामा दुईदेखि तीन जनाको नयाँ डाइग्नोसिस हुने गरेको फिजिसियन डा पाण्डेले बताए । “हिजोआज भेरीमा ठूला बिरामीभन्दा पनि बच्चाहरू आउने गरेका छन् । हामीसँग भएको डाटाअनुसार अहिले प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चा अस्पताल आउने गरेका छन्”, उनले भने, “अहिले हामीले हप्तामा दुईदेखि तीनजना बच्चाको नियमित नयाँ डाइग्नोसिस गरिरहेका छौँ ।”

थालेसेमियाका बिरामीमा ८० प्रतिशत थारू समुदाय र २० प्रतिशत अन्य समुदायका रहेको फिजिसियन डा पाण्डेले बताए । उनका अनुसार थालेसेमिया रोक्नका लागि विवाह गर्दा नै ध्यान पु¥याउनु पर्छ । थालेसेमिया भएका महिला र पुरुषका बीचमा विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ । बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग विवाह गरिदिनुपर्छ । थालेसेमियाको उपचारभन्दा पनि यो रोग हुन नदिन विवाहमै ध्यान दिनुपर्ने डा पाण्डेको सुझाव छ ।

यतिबेला बाँकेका थारू गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पर्चा नै छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल, थालेसेमिया रोगका स्रोत व्यक्ति डा पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चिस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने डा पाण्डेको भनाइ छ ।

सामान्यतया विवाह गर्दा चिना हेर्ने चलन छ तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी वाहकहरू पत्ता लगाएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्वीकार्न जरुरी रहेको डा पाण्डेले बताए । “अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘वाहक’ भनिएको हो । यसबारे थारू समुदायलाई सचेत गराउन आवश्यक छ”, उनले भने ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ९ : ४९ बजे

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा