बाँकेमा बढ्दै थालेसेमियाका बिरामी « Khabarhub

बाँकेमा बढ्दै थालेसेमियाका बिरामी


९ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा थालेसेमियाका बिरामी बढेका छन् । वंशाणुगत रोगका रूपमा रहेको थालासेमिया थारू समुदायमा बढी देखिन्छ । यो रोग विशेष गरेर थारू, मधेसी, मुस्लिम, जनजाति समुदायमा लाग्ने गर्दछ । थालेसेमिया सिकलसेल एनिमिया जस्तै रोग हो । नेपालगञ्ज भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेका अनुसार प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चाहरू अस्पताल आउने गरेका छन् ।

हप्तामा दुईदेखि तीन जनाको नयाँ डाइग्नोसिस हुने गरेको फिजिसियन डा पाण्डेले बताए । “हिजोआज भेरीमा ठूला बिरामीभन्दा पनि बच्चाहरू आउने गरेका छन् । हामीसँग भएको डाटाअनुसार अहिले प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चा अस्पताल आउने गरेका छन्”, उनले भने, “अहिले हामीले हप्तामा दुईदेखि तीनजना बच्चाको नियमित नयाँ डाइग्नोसिस गरिरहेका छौँ ।”

थालेसेमियाका बिरामीमा ८० प्रतिशत थारू समुदाय र २० प्रतिशत अन्य समुदायका रहेको फिजिसियन डा पाण्डेले बताए । उनका अनुसार थालेसेमिया रोक्नका लागि विवाह गर्दा नै ध्यान पु¥याउनु पर्छ । थालेसेमिया भएका महिला र पुरुषका बीचमा विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ । बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग विवाह गरिदिनुपर्छ । थालेसेमियाको उपचारभन्दा पनि यो रोग हुन नदिन विवाहमै ध्यान दिनुपर्ने डा पाण्डेको सुझाव छ ।

यतिबेला बाँकेका थारू गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पर्चा नै छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल, थालेसेमिया रोगका स्रोत व्यक्ति डा पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चिस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने डा पाण्डेको भनाइ छ ।

सामान्यतया विवाह गर्दा चिना हेर्ने चलन छ तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी वाहकहरू पत्ता लगाएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्वीकार्न जरुरी रहेको डा पाण्डेले बताए । “अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘वाहक’ भनिएको हो । यसबारे थारू समुदायलाई सचेत गराउन आवश्यक छ”, उनले भने ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ९ : ४९ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि