युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइयो « Khabarhub

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइयो


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आज श्रद्धाञ्जलिसभा गरेको छ ।

कमलादीस्थित प्रतिष्ठान परिसरमा आयोजित सभामा उहाँको शालिकमा माल्यार्पण तथा श्रेष्ठको योगदानको चर्चा गरियो । प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि युगकवि सिद्धिचरणले सिर्जना गरेका साहित्यले तत्कालीन समयमा सामाजिक न्यायका लागि सङ्घर्षको चेतना प्रदान गरेको स्मरण गरे ।

वरिष्ठ साहित्यकार बैरागी काइँलाले सिद्धिचरणका रचना अहिले पनि महत्त्वपूर्ण र कालजयी रहेको भन्दै नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताए।

प्राज्ञ बाबा बस्नेतले जनतालाई अधिकार सम्पन्न बनाउन उनका सिर्जना केन्द्रित रहेको बताउँदै ती कृतिबारे थप खोज अनुसन्धान गर्नुपर्ने बताए । श्रद्धाञ्जलिसभामा युगकवि श्रेष्ठका चर्चित गीत र कविता प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : २० बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०