युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइयो « Khabarhub

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइयो


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आज श्रद्धाञ्जलिसभा गरेको छ ।

कमलादीस्थित प्रतिष्ठान परिसरमा आयोजित सभामा उहाँको शालिकमा माल्यार्पण तथा श्रेष्ठको योगदानको चर्चा गरियो । प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि युगकवि सिद्धिचरणले सिर्जना गरेका साहित्यले तत्कालीन समयमा सामाजिक न्यायका लागि सङ्घर्षको चेतना प्रदान गरेको स्मरण गरे ।

वरिष्ठ साहित्यकार बैरागी काइँलाले सिद्धिचरणका रचना अहिले पनि महत्त्वपूर्ण र कालजयी रहेको भन्दै नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताए।

प्राज्ञ बाबा बस्नेतले जनतालाई अधिकार सम्पन्न बनाउन उनका सिर्जना केन्द्रित रहेको बताउँदै ती कृतिबारे थप खोज अनुसन्धान गर्नुपर्ने बताए । श्रद्धाञ्जलिसभामा युगकवि श्रेष्ठका चर्चित गीत र कविता प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : २० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका