पक्षाघातको समस्या बढ्दै « Khabarhub

पक्षाघातको समस्या बढ्दै


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

कैलाली – टीकापुरकी लक्ष्मी ठकुल्लाका बुबालाई पक्षाघातको समस्या भएको दुई वर्ष पुग्यो । उनलाई पक्षाघातका कारण समस्या भएपछि उनका आफन्तले नगरपालिकामा ह्विलचियर माग गरेका छन् । “बुबा पक्षाघातको समस्याले थलिएको दुई वर्ष भयो”, लक्ष्मीले भनिन्, “हिँड्डुल गर्न गाह्रो भएकाले ह्विलचियर भएको भए अस्पताल लैजान, घरबाहिर डुलाउन, कहिलेकाहीँ काममा लैजान सहज होस् भनी माग गरेका छौँ ।”
त्यस्तै, टीकापुरका शिव चौधरीलाई पनि पक्षाघातको समस्या छ । उच्च रक्तचापका कारण पक्षाघातको समस्या भएको बताउने चौधरीले पनि ह्विलचियर माग गरिरहेका छन्। “रातदिन घरमै थलिएको एक वर्ष पुग्यो, एकदमै राम्रो स्वास्थ्य थियो, एक्कासि बेहोस भएँ, अस्पताल लगेको चार दिनपछि होसमा आएँछु”, उनले भने, “पछि त शरीर नै चल्न छोड्यो । अहिले सहाराबिना कुनै काम गर्न सक्दिनँ ।”

मानिस विभिन्न कारणले अपाङ्गताको समस्याको सिकार हुनसक्छ । कोही जन्मजात, कोही दुर्घटनामा परेर वा कोही विभिन्न स्वास्थ्य समस्याले अपाङ्ग हुनसक्छन् । अपाङ्गता भएकाको जीवन सहजताका लागि उनीहरूलाई सहायता सामग्री उपलब्ध गराउने, विभिन्न जीवनउपयोगी तालिम दिने काम सरकारले गरिरहेको हुन्छ । तर मागअनुसार पुर्याउन भने कठिन देखिन्छ ।

नागरिकको खानपान तथा रहनसहनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । स्वास्थ्य समस्याले मानिसलाई अन्य समस्या मात्र नभई अपाङ्गतासम्बन्धी समस्या हुने समेत देखिन्छ । डा दिनेश बजगाईं मस्तिष्काघातको समस्याले पक्षाघातको समस्या भइरहेको बताउँछन्। “मानिसको खानपान, रहनसहनले विभिन्न स्वास्थ्य समस्या हुने हुन्छ । जसले मानिसलाई अशक्त बनाउँछ”, उनले भने, “मस्तिष्काघातले मानिसमा पक्षाघातको समस्या बढी देखिन थालेको छ । समयमै उपचार नभएमा अपाङ्गताको समस्या हुन्छ ।”

कैलाली अपाङ्ग सेवा सङ्घका अध्यक्ष बद्रीप्रसाद जैसी विभिन्न प्रकारका अपाङ्गता भएकाहरूलाई हिँड्डुलमा समस्या भएकाले सहायता सामग्री माग गरिएको बताउछन् । “जन्मजात, दुर्घटना भएर वा पक्षाघाताको समस्याले हिँड्डुल गर्न नसक्नेहरू धेरै छन्”, उनले भने, “अवस्था हेरेर नापजाँच गरी आवश्यकता अनुसारका सहायता सामग्रीका लागि स्थानीय सरकारलाई माग गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “सहायता सामग्रीले पनि अपाङ्गता भएकालाई धेरै सहज हुन्छ ।”

टीकापुर नगरपालिकामा सहायता सामग्री माग गर्नेहरू बढेका छन् । नगरपालिकामा पक्षाघात भएकाहरूले बढी ह्विलचियरको माग गरेका छन् । नगरपालिकामा यस वर्ष ६७ जनाले ह्विलचियर माग गरेका छन् । नगरपालिकाले यस वर्ष ५० वटा ह्विलचियर खरिद गरेर वितरण गर्ने तयारी गरेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहले बताउनुभयो । “माग धेरै आएको छ । हामीले ५० वटामात्र खरिद गरेका छौँ”, उनले भने, “अति आवश्यक भएकालाई यस वर्ष दिने र बाँकीलाई अर्को वर्ष बाँड्ने गरी काम गर्दैछौँ ।”

नगरपालिकामा नौ सय ८४ जनाले अपाङ्गता परिचयपत्र बनाएका छन् । पूर्ण अशक्तहरू सामाजिक सुरक्षा भत्तामा समावेश छन् । पालिकाले अपाङ्गता भएकाहरूलाई विभिन्न तालिम, सहायता सामग्री सहयोग जस्ता कार्य गर्दै आएको शाह बताउँछन् । “हामीले उहाँहरूसँग छलफल गरी विभिन्न खाले तालिम, कार्यक्रम गर्दै आएका छौँ”, उनले भने, “यतिखेर आगामी वर्षका योजना छनोटका लागि प्रक्रिया सुरु गरेकाले अपाङ्गता भएकाहरूका समस्या समाधानका लागि योजना ल्याउन उहाँहरूसँग छलफल थालेका छौँ ।”

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : ३६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब