शुक्लाफाँटामा आगामी आर्थिक वर्षको लागि ८८ करोडको बजेट  « Khabarhub

शुक्लाफाँटामा आगामी आर्थिक वर्षको लागि ८८ करोडको बजेट 


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०-८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ । 

बिहीबार नगरपालिकाले १४औँ नगरसभाबाट उक्त बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि रु चार लाख, नगरस्तरीय कभर्ड हल निर्माणका लागि रु ९० लाख, बसपार्क निर्माणका लागि रु चार लाख, नगर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, वडा–२ स्थित निर्माणाधीन खानेपानी योजनाका लागि रु एक करोड १४ लाख र सेफहाउस सञ्चालनका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी एमबीबीएस अध्ययनरत विद्यार्थीको छात्रवृत्ति लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताए। ‘बजेटमा नगर गौरवका योजना प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘नगरपालिकाको आन्तरिक आय कम छ सङ्घबाट आउने रकम घटेर आएको छ ।’ उनले यस पटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताए ।  

नगरको चालु आर्थिक वर्षको जम्मा आय ७१ करोड ९९ लाख ५६ हजारमध्ये जेठ मसान्तसम्म चालु खर्चतर्फ ३० करोड २४ लाख र पुँजीगत खर्चतर्फ रु नौ करोड तीन लाख रहेको छ । नगरपालिकाले आगामी आव २०८०-८१ मा चालु र पुँजीगत खर्च गरी जम्मा ८८ करोड आठ लाख व्यय हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ३२ बजे

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय

सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

काठमाडौं– प्रतिनिधिसभा बैठकले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि

मन्त्री तामाङले गरे भरतपुर आँखा अस्पतालको अनुगमन

चितवन– बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौं– रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

साना – यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित रणनीतिक लाल सागर बन्दरगाह सहर