शुक्लाफाँटामा आगामी आर्थिक वर्षको लागि ८८ करोडको बजेट  | Khabarhub Khabarhub

शुक्लाफाँटामा आगामी आर्थिक वर्षको लागि ८८ करोडको बजेट 


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०-८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ । 

बिहीबार नगरपालिकाले १४औँ नगरसभाबाट उक्त बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि रु चार लाख, नगरस्तरीय कभर्ड हल निर्माणका लागि रु ९० लाख, बसपार्क निर्माणका लागि रु चार लाख, नगर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, वडा–२ स्थित निर्माणाधीन खानेपानी योजनाका लागि रु एक करोड १४ लाख र सेफहाउस सञ्चालनका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी एमबीबीएस अध्ययनरत विद्यार्थीको छात्रवृत्ति लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताए। ‘बजेटमा नगर गौरवका योजना प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘नगरपालिकाको आन्तरिक आय कम छ सङ्घबाट आउने रकम घटेर आएको छ ।’ उनले यस पटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताए ।  

नगरको चालु आर्थिक वर्षको जम्मा आय ७१ करोड ९९ लाख ५६ हजारमध्ये जेठ मसान्तसम्म चालु खर्चतर्फ ३० करोड २४ लाख र पुँजीगत खर्चतर्फ रु नौ करोड तीन लाख रहेको छ । नगरपालिकाले आगामी आव २०८०-८१ मा चालु र पुँजीगत खर्च गरी जम्मा ८८ करोड आठ लाख व्यय हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ३२ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’