मृत्युको कारण बन्दै यूरोप मोहः जहाँ माझीको जालमा शव भेटिन्छन् | Khabarhub Khabarhub

मृत्युको कारण बन्दै यूरोप मोहः जहाँ माझीको जालमा शव भेटिन्छन्

एउटा माझीले एकै दिन १५ शव भेटे


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

लुकीछिपी युरोप जानेको अवस्था खराब बनेको छ। भू-मध्यसागरीय क्षेत्रबाट त्यहाँ जानेको ज्यानसमेत जाने गरेको छ। आप्रवासीका विषयमा हेर्न दृष्टिकोण युरोपमा फरक-फरक छ। केही युरोपेली देशमा कठिन कानुन बने पनि ट्युनेसिया जस्तो गरिब देशका व्यक्ति मरिहत्ते गरेरै त्यहाँ जाने गरेका छन्। पूर्वी तटमा सूर्यास्त हुँदै गरेको समयमा एक माझीको जाल भारी भएको थियो। मुस्किलले जाली तानेका उनले त्यहाँ शव भेटेका थिए। सो घटनाले अहिले संसारलाई तरङ्गित गराएको छ। सुरुमा त उनले ठुलै माछा परेको हो कि भन्ठानेको थिएँ। यो क्रम त्यत्तिमा रोकिएन। त्यो दिन उनले १५ वटा शव भेटे !

३० वर्षीय माझी ओसामा डाबेइ भन्छन्, ‘जबै मैले पहिलो पटक शव देखेँ, म साँच्चै रोएँ। किन थाहा छ, मैले यो सोचे यो बच्चाको के नै दोष थियो। वयस्क भएको भए यिनीहरू सोच विचार गरेर नै गल्ती गरेको भन्ने हुन्थ्यो,’ उनले भने।

पूर्वी तटमा सूर्यास्त हुँदै गरेको समयमा एक माझीको जाल भारी भएको थियो। मुस्किलले जाली तानेका उनले त्यहाँ शव भेटेका थिए। सो घटनाले अहिले संसारलाई तरङ्गित गराएको छ।

ट्युनेसियाको दोस्रो ठुलो सहर साफेक्समा पानीमा माछा पार्न थालेको १० वर्षको उमेरदेखि नै हो। सुरुवाती दिनमा त्यहाँका अन्य माझीसँगै माछा मार्ने र डुङ्गा खियाउने काममा उनलाई रमाइलो लाग्थ्यो। तर पछिल्लो समय धेरै माझीको आकर्षण मानव तस्करीमा लागेको छ। धेरैलाई पैसा कमाउने झोकले छोएको छ। उनलाई पनि डुङ्गा बेच्नका लागि धेरै पैसाको अफर आएको हो। तर, उनले त्यो अफरलाई स्वीकार गरेका छैनन्।

त्यो स्थान सुडानको सीमावर्ती क्षेत्र हो। विगत केही वर्षदेखि सुडान युद्ध, वातावरणीय विपत्ति र राजनीतिक अस्थिरका कारण चरम समस्यामा छ। त्यसै सुडानका मानिस सो बन्दरगाह मार्फत युरोप प्रस्थान गर्ने गरेका छन्। एक समूह बेलायत जान लागेको पनि भेटिएको थियो। अत्यधिक भीड र खराब मौसमका कारण दुई पटक इटालीको यात्रा असफल भएपछि उनीहरू बेलायतको यात्राका लागि तयार भएका हुन्।

‘त्यहाँ धेरै साना डुङ्गाहरू छन्। यिनीहरू तर्नका लागि धेरै साना छन्। जब तर्नका लागि यसलाई तानिन्छ त्यहाँ हावाको असर नै अर्को हुन्छ,’ तरेर युरोप जाने तयारी गरेका एक जनाले भनेका छन्। ट्युनेसियाको राष्ट्रिय सुरक्षा गार्डका अनुसार पहिलो तीन महिनाको अन्तरालमा यसरी भीड डुङ्गा चढेर जाने मध्येका १३ हजार जनालाई फिर्ता पठाइएको छ।

सन् २०१४ यता युरोप जाने रहर पालेर त्यहाँको यात्रा गर्ने मध्येका २७ हजारको ज्यान त भू मध्यसागरीय क्षेत्रमा नै गएको छ। स्थानीय स्वास्थ्य अधिकृत अटिम सेरीफकाकै विचारमा यो अवस्था साँच्चै भयावह नै हो।

राष्ट्र सङ्घीय निकायका अनुसार जनवरीदेखि अप्रिलको बीचमा मानिसले बनाएको डुङ्गा तरेर २४ हजार मानिस ट्युनेसियाको तटीय क्षेत्रबाट इटाली पुगेका छन्। युरोप जान चाहनेका लागि अहिले ट्युनेसिया सबैभन्दा प्रमुख प्रस्थान केन्द्र बनेको छ। यसअघि मुख्य गन्तव्य लिबिया थियो। शरणार्थीसँगको हिंसा र आपराधिक ग्याङको कारण लिबिया त्यस कार्यमा धेरैपछि परेको छ। यस कारण नै युरोप जानेको आकर्षण ट्युनेसीयामा नै केन्द्रित हुनु पनि स्वाभाविक हो।

गत महिना लिबियाबाट ग्रीकको तटतर्फ गएको एउटा डुङ्गा पल्टिएको थियो। सो डुङ्गा पल्टँदा ५०० जना हराएका थिए भने ७८ जनाको ज्यान गएको थियो। धेरै जना समुद्रमा हराएका छन्। कतिपयको आधा कुहिएको लास पनि भेटिएको छ। आप्रवासीका लागि त्यो सबैभन्दा कठिन बाटो हो। लिबियाको सहरमा रहेको थुप्रै चिहान घरमा अब त ठाउँ पनि अप्ठेरो छ।

सन् २०१४ यता युरोप जाने रहर पालेर त्यहाँको यात्रा गर्ने मध्येका २७ हजारको ज्यान त भू मध्यसागरीय क्षेत्रमा नै गएको छ। स्थानीय स्वास्थ्य अधिकृत अटिम सेरीफकाकै विचारमा यो अवस्था साँच्चै भयावह नै हो।

धेरै शवको त पहिचान हुन सकेको नै छैन। यिनीहरूको डिएनए परीक्षण गरेर पहिचान गर्नुपर्ने हुन्छ।

त्यहाँ नियमित रूपमा हुने समुद्री दुर्घटना पनि प्रमुख हो। कत्तिसम्म भने भूमध्यसागरीय तटमा आप्रवासीकै लक्ष्य राखेर नयाँ चिहान घर नै पनि बनाइँदै छन्। यो वर्षको सुरुवातमा पनि त्यसै स्थानबाट दुई सय जना आप्रवासीको शरीर फेला परेको थियो। मध्यसागरीय क्षेत्रमा अस्पतालको चाप पनि बढेको छ । पोस्ट माटर्मका लागि आउने शवले पनि पालो कुर्न थालेका छन्। एक पटकमा ३५ देखि ४० शव आउने हुन्। तर त्यो भन्दा एकदमै धेरै शव आउने गरेका छन्। डा. सेरिफले यसका लागि भिन्नै व्यवस्थापनको सोच बनाएका छन्।

धेरै शवको त पहिचान हुन सकेको नै छैन। यिनीहरूको डिएनए परीक्षण गरेर पहिचान गर्नुपर्ने हुन्छ। सफाक्सबाट सवारी साधनमा तीन घण्टा दक्षिण पश्चिममा जाने हो भने थुप्रै सङ्ख्याका अश्वेत अल्पसङ्ख्यक भेटिए। ट्युनेसियाका लागि अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको बाहिर पाल टाँगेर धेरैलाई राखेको छ। उनीहरूको अवस्था साँच्चै टिठ लाग्दो नै छ।

फेब्रुअरी महिनामा राष्ट्रपति काइस सइदले व्यक्त गरेको जातिवादी भाषणको विरुद्धमा आवाज उठाएका कारण धेरै जना घरबाटै निकालिएका छन्। धेरै जनाको जागिर पनि गएको छ। उनले त्यहाँको भूराजनीतिक अवस्थामा प्रभावमा पार्न अपराधीक समूहले योजना बनाएको भन्दै आरोप समेत लगाएका थिए।

मुस्किलले तट पार गरे पनि उनीहरूको जीवन सहज छैन। इटालीमा प्रवेश गर्ने बित्तिकै रोजगारी पाउने पनि त होइन। गुयनाकै एक व्यक्तिको विचारमा यो खतरनाक कदम हो। पासपोर्ट नभएका कारण स्वदेश फर्कन कठिन हुन्छ।

खराब अर्थतन्त्र भएको ट्युनेसियामा धेरैलाई आक्रोशित नै बनाएको थियो। त्यसै घटनाले सो देशलाई गृह युद्धतर्फ पनि लम्काएको थियो । यो वर्षको अहिलेको समयसम्म ४७ हजार ट्युनेसीयाबाट इटाली पुगेका छन्। गत वर्षको भन्दा यो सङ्ख्या तीन गुणा बढी हो। इटालीमा पनि उनीहरूलाई व्यवस्थापनको समस्या बढी रहेको छ।

मुस्किलले तट पार गरे पनि उनीहरूको जीवन सहज छैन। इटालीमा प्रवेश गर्ने बित्तिकै रोजगारी पाउने पनि त होइन। गुयनाकै एक व्यक्तिको विचारमा यो खतरनाक कदम हो। पासपोर्ट नभएका कारण स्वदेश फर्कन कठिन हुन्छ। अहिले राम्रो जीवनका लागि लिइने जोखिम मानव जीवनका लागि महँगो पर्न थालेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : १७ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ