समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रदेश योजना आयोग र प्रदेश योजना आयोजना मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त रुपमा आयोजित  ‘कोशी प्रदेश समृद्धिको नवीनतम् आधार’ सम्बन्धी कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रदेशबाट आवश्यक सहयोग प्रदान गर्नेतर्फ ध्यानउन्मुख भएको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निर्माणमा केही प्राथमिकता राख्न चुकेकाले केही क्षेत्रमा विकासको सन्तुलन कायम हुन नसकेकामा चर्चा गर्दै आगामी वर्षको बजेटमा यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशमा औद्योगिक उत्पादन, निर्माण सामग्री उत्पादन घट्नाले राजस्व सङ्कलन लक्ष्यअनुसार प्राप्ति नभएको बताए ।

मुख्यमन्त्री कार्कीले कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने क्षमता बढाएको बताए । उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनका लागि सङ्घीय सरकारले निजामती कर्मचारी ऐन चाँडै ल्याउनुपर्नेमा जोड दिए ।

प्रा डा शिव अधिकारीले नेपाली अर्थतन्त्रको विद्यमान अवस्थाको चिरफार, प्रदेशको आर्थिक अवस्था र प्रदेशको समृद्धिका नवीनतम् आधार समेटिएको ‘कोशी प्रदेशः समृद्धिका नवीनतम् आधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेशको पहिलो आवधिक योजना कार्यान्वयनको पुनरावलोकन गरी स्वच्छ र समृद्ध प्रदेश बनाउनु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ५ : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका