ग्रीसमा भएको डुङ्गा दुर्घटनामा ३ सय पाकिस्तानी परेको आशङ्का « Khabarhub

ग्रीसमा भएको डुङ्गा दुर्घटनामा ३ सय पाकिस्तानी परेको आशङ्का


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा ३ सयभन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरुका परिवारले आशङ्का व्यक्त गरेका छन् ।

गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।

घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो । प्रत्यक्षदर्शीहरूको विवरणअनुसार डुङ्गासँगै सयौं मानिस पानीमा डुबेका थिए र उनीहरूको अवशेष अझै समुद्रमा हराइरहेको छ ।

पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूको सवालको जवाफ दिँदै भने, “अहिलेसम्म २८१ पाकिस्तानी परिवारले हामीसँग सम्पर्क गरेका छन् र आफ्ना बच्चाहरु यस दुर्घटनाको शिकार भएको हुन सक्ने बताएका छन् ।”

सनउल्लाहका अनुसार डुङ्गा दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकलाई सकुशल उद्धार गरिएको थियो ।

उनले भने, “सम्भवतः यसअघि कुनै पनि घटनामा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थिएन ।”

पाकिस्तान एक आश्चर्यजनक आर्थिक मन्दीको चपेटामा छ । यसका कारण धेरै पाकिस्तानी परिवारहरू गरिबीमा फसेका छन् र सुरक्षित जीवनको खोजीमा अवैध आप्रवासनले बढावा पाएको छ । प्रायजसो युवाहरू युरोपमा पुगी वित्तीयरूपमा आफुलाई बलियो बनाउन र परिवारको रेखदेखका लागि सम्पत्तिको जोहो गर्न चाहन्छन् ।

तिनीहरूले लिने मार्गहरू भिन्न भिन्न रहने गरेका छन् । कतिपयले कानुनी रूपमा नै उत्तरी अफ्रिकामा पुगी त्यहाँबाट मौका पाउँदा समुद्रको जोखिमपूर्ण यात्रा गर्दै युरोप छिर्छन् भने केहीले इरान र टर्की हुँदै जमिनको बाटो यूरोपको यात्रा तय गर्छन् ।

पाकिस्तानको फेडरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए) ले मृतकका परिवारबाट डिएनए नमूना सङ्कलन गरिरहेको छ ।

तर बेपत्ता हुनेको सङ्ख्या फेला परेका शवको सङ्ख्याभन्दा निकै बढी छ, जसले पाकिस्तान प्रशासित काश्मिर र पूर्वी पञ्जाब प्रान्तका शोकसन्तप्त परिवारको आशालाई कमजोर बनाएको छ ।

घटनामा दुई भतिजा गुमाएका ५५ वर्षीय जफर इक्बालले भने, “हामीले कम्तीमा पनि शव ल्याउनुपर्छ ताकि आमाबाबु र आफन्तले मानसिक शान्ति पाउन सकून् ।”

पाकिस्तान प्रशासित काश्मिरको बन्दली गाउँबाट एएफपीसँग कुरा गर्दै उनले भने, “सरकारले जतिसक्दो चाँडो अनुसन्धान पूरा गर्नुपर्छ ।”

पञ्जाब र पाकिस्तान प्रशासित काश्मिरमा स्थानीयका अनुसार विदेश पठाउन ‘एजेन्ट’ भनिने मानव तस्करहरूको कालो बजार फस्टाउँदै गएको छ, जसले ठूलो शुल्क तिरेर युरोपमा अवैध आप्रवासनको व्यवस्था गर्छन् ।

इस्लामाबादस्थित एफआईएका एक अधिकारीले एएफपीसँग शुक्रबार भने, “अहिलेसम्म २५ जना एजेन्टलाई पक्राउ गरिएको छ ।”

“मानव तस्करविरुद्ध छापा मार्ने काम भइरहेको छ र अनुसन्धान जारी छ,” उनले भने ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ०८ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता