ग्रीसमा भएको डुङ्गा दुर्घटनामा ३ सय पाकिस्तानी परेको आशङ्का « Khabarhub

ग्रीसमा भएको डुङ्गा दुर्घटनामा ३ सय पाकिस्तानी परेको आशङ्का


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा ३ सयभन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरुका परिवारले आशङ्का व्यक्त गरेका छन् ।

गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।

घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो । प्रत्यक्षदर्शीहरूको विवरणअनुसार डुङ्गासँगै सयौं मानिस पानीमा डुबेका थिए र उनीहरूको अवशेष अझै समुद्रमा हराइरहेको छ ।

पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूको सवालको जवाफ दिँदै भने, “अहिलेसम्म २८१ पाकिस्तानी परिवारले हामीसँग सम्पर्क गरेका छन् र आफ्ना बच्चाहरु यस दुर्घटनाको शिकार भएको हुन सक्ने बताएका छन् ।”

सनउल्लाहका अनुसार डुङ्गा दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकलाई सकुशल उद्धार गरिएको थियो ।

उनले भने, “सम्भवतः यसअघि कुनै पनि घटनामा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थिएन ।”

पाकिस्तान एक आश्चर्यजनक आर्थिक मन्दीको चपेटामा छ । यसका कारण धेरै पाकिस्तानी परिवारहरू गरिबीमा फसेका छन् र सुरक्षित जीवनको खोजीमा अवैध आप्रवासनले बढावा पाएको छ । प्रायजसो युवाहरू युरोपमा पुगी वित्तीयरूपमा आफुलाई बलियो बनाउन र परिवारको रेखदेखका लागि सम्पत्तिको जोहो गर्न चाहन्छन् ।

तिनीहरूले लिने मार्गहरू भिन्न भिन्न रहने गरेका छन् । कतिपयले कानुनी रूपमा नै उत्तरी अफ्रिकामा पुगी त्यहाँबाट मौका पाउँदा समुद्रको जोखिमपूर्ण यात्रा गर्दै युरोप छिर्छन् भने केहीले इरान र टर्की हुँदै जमिनको बाटो यूरोपको यात्रा तय गर्छन् ।

पाकिस्तानको फेडरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए) ले मृतकका परिवारबाट डिएनए नमूना सङ्कलन गरिरहेको छ ।

तर बेपत्ता हुनेको सङ्ख्या फेला परेका शवको सङ्ख्याभन्दा निकै बढी छ, जसले पाकिस्तान प्रशासित काश्मिर र पूर्वी पञ्जाब प्रान्तका शोकसन्तप्त परिवारको आशालाई कमजोर बनाएको छ ।

घटनामा दुई भतिजा गुमाएका ५५ वर्षीय जफर इक्बालले भने, “हामीले कम्तीमा पनि शव ल्याउनुपर्छ ताकि आमाबाबु र आफन्तले मानसिक शान्ति पाउन सकून् ।”

पाकिस्तान प्रशासित काश्मिरको बन्दली गाउँबाट एएफपीसँग कुरा गर्दै उनले भने, “सरकारले जतिसक्दो चाँडो अनुसन्धान पूरा गर्नुपर्छ ।”

पञ्जाब र पाकिस्तान प्रशासित काश्मिरमा स्थानीयका अनुसार विदेश पठाउन ‘एजेन्ट’ भनिने मानव तस्करहरूको कालो बजार फस्टाउँदै गएको छ, जसले ठूलो शुल्क तिरेर युरोपमा अवैध आप्रवासनको व्यवस्था गर्छन् ।

इस्लामाबादस्थित एफआईएका एक अधिकारीले एएफपीसँग शुक्रबार भने, “अहिलेसम्म २५ जना एजेन्टलाई पक्राउ गरिएको छ ।”

“मानव तस्करविरुद्ध छापा मार्ने काम भइरहेको छ र अनुसन्धान जारी छ,” उनले भने ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ०८ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध