मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै « Khabarhub

मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ ।

उपमहानगरपालिकाका खासगरी वडा नं १४ र १५ मा किशोरी र महिलामा सञ्चालन भएको विभिन्न बालविवाह विरोधी अभियानले ७० दशमलव ०३ प्रतिशत बालविवाह कम भएको सर्वेक्षणले देखिएको फातिमा फाउन्डेसन बाँकेका अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिए ।

उनले बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिने विषयमा चुनौती थपिएको उल्लेख गर्दै मदरसाको मात्रै पहुँच भएका किशोरी अहिले विद्यालय गएर पढ्न थालेको बताए ।

अध्यक्ष सिद्धिकीले भने, “हामीलाई धर्मगुरुको अलि बढी डर थियो तर उहाँहरू पनि अहिले हाम्रो साथमा हुनुहुन्छ ।” किशोरीलाई विद्यालय लैजानका लागि पोशाक र पुस्तकको केही समस्या भएको जानकारी दिँदै उहाँले बालविवाहविरोधी अभियानलाई निरन्तरता दिन स्थानीय सरकारसँग पनि सहकार्य गर्न प्रस्ताव गरेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका महिला विकास अधिकृत मञ्जु पाण्डेले उपमहानगरपालिकाको वाड नं १९ मा किशोरी परामर्श केन्द्र स्थापना भएको जानकारी दिँदै किशोरी विकास कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका–१५ की अञ्जली राउले आफू बालविवाहको दुष्चक्रमा फसेको जानकारी दिँदै अभिभावकलाई बुझाएपछि त्यसबाट मुक्त भएको जानकारी दिइन् । “मैले यसका लागि धेरै नै सङ्घर्ष गर्नुपरेको छ, सायद त्यही सङ्घर्षका कारण आज मेरो विवाह भएको छैन”, उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।

अञ्जलीले खासगरी किशोरी समूहमा आबद्ध भएपछि बालविवाहविरुद्धको अभियानमा एक वर्षअघि मात्रै लागेको बताए । उनी कलेजको दश जोड दुईमा अध्ययनरत छिन् ।

परियोजनाका संयोजक उमेश गुप्ताले उपमहानगरपालिकाको वडा नं १४ र १५ मा सबैभन्दा बढी बालविवाहको समस्या भएको जानकारी दिँदै बालविवाहको प्रमुख कारण गरिबी भएको बताए ।

“मधेसी समुदायमा किशोरीको कुरा सुन्ने प्रचलन हुँदैन, त्यसैले पनि उनीहरूको समूह नै गठन गरेर काम हुँदै आएको छ”, उनले भने । उनले महिलालाई नीतिगत तहमा पहुँच पुर्याउने र आर्थिक सशक्तीकरणमा जोड दिएको उल्लेख गर्दै स्थानीय स्रोत र साधनमा समेत महिलाको पहुँच बढेको बताए ।

सो फाण्डेसनले किशोरी, महिलाको समूह बनाएर बालविवाहबाहेक सीप विकास र क्षमता अभिवृद्धिमार्फत तरकारी खेती, बाख्रापालनलगायतका आयआर्जनका कामसमेत गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : २७ बजे

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला