भारतमा नेपालीभाषीले मनाए भानु जयन्ती « Khabarhub

भारतमा नेपालीभाषीले मनाए भानु जयन्ती


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा नेपालीभाषीले शनिबार विशेष कार्यक्रम गरेका छन् ।

नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित सरत सदनमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि र पश्चिम बङ्गाल सरकारका सहकारीमन्त्री अरुप राय विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कुलपति राईले आफूले सानो हुँदा कथाका रूपमा सुनेको कोलकातामा भानुभक्तको यस प्रकारको महत्त्व र गतिविधि देखेर खुसी लागेको बताए । उनले प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रममा सहकार्य विस्तार गरी नेपाली रहेका स्थानमा नेपालको साहित्यप्रतिको रुचिबारे समाजशास्त्रीय अध्ययनमा ध्यान दिने बताए ।

प्रदेश मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेकोे बताए।

भानुभक्तको तस्वीरमा श्रद्धाञ्जलि दिएर सुरु भएको कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा. मधुसुदन गिरी, नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमल्सिना, जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, प्राध्यापक डा सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष नारायणप्रसाद हुमागाइँलगायतले आदिकविको व्यक्तित्व र कृतित्व देश–विदेशमा रहेका नेपालीमाझ फैलिएको र आदिकविका कारण नेपालीबीच साहित्यिक एकताको मार्ग बनेको उल्लेख गरेका थिए ।

सो अवसरमा साहित्यका योगदानका लागि कुलपति राईलाई समितिले अभिनन्दन गरेको थियोे भने समितिको प्रकाशन ‘बिहानी’को २४औँ अङ्कको विमोचन गरिएको थियोे । कविहरु धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, रामबहादुर कार्कीलगायतले भानुभक्तको रामायणसहित आफ्ना रचना वाचन गरेका थिए। पछिल्लो समयमा बरालले नेपाली र कोलकाताका साहित्यकारबीच सेतुको कार्य गर्दै आएका छन् ।

समितिका सभापति बद्रीविक्रम थापाले लामो समयदेखि यहाँ विभिन्न सेवा र व्यवसाय गर्दै आएका नेपालीभाषीहरूको सहयोग र समन्वय भानुभक्त जयन्ती र अन्य मानवीय सहयोगका कार्यक्रम हुँदै आएको जानकारी दिए । राष्ट्रिय विभूति भानुभक्तको जन्मदिन हरेक असार २९ गते परे पनि साताव्यापी जयन्ती मनाइन्छ ।

शनिबार रातिसम्म चलेको कार्यक्रममा युवा र विद्यार्थीहरूले नेपाली र हिन्दी गीतमा मनमोहक सांस्कृतिक नृत्य र प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ३७ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६