लम्पी स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित « Khabarhub

लम्पी स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । समयमा पानी नपरेको र लम्की स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित भएको हो ।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्ला हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको बताए । उनका अनुसार गत वर्ष अहिलेको समयसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न हुने गर्दथ्यो । ‘समयमा वर्षात् नभएको कारण रोपाइँमा त ढिलाइ थियो नै, फेरि पशुचौपायामा देखिएको लम्की स्किनका कारण पनि रोपाइँमा यस वर्ष ढिला भयो, उनले भने ।

जिल्लामा १८ हजार ९२ हेक्टरमा धानखेती रोपाइँ हुन्छ भने जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ६२ हजार दुई सय ९९ छ । कार्यालयको तथ्याङ्कअनुसार अहिलेसम्म करिब ११ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जिल्लामा अझै पनि ३५ प्रतिशत धान रोपाइँ हुन बाँकी छ ।

जिल्लामा पछिल्लो समयमा हाते ट्र्याक्टरको समेत प्रयोग बढे पनि सबै खेतमा ट्र्याक्टरले धान रोपाइँ नहुने भएकाले रोपाइँमा समस्या देखिएको कृषि ज्ञान केन्द्र जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी, याकुलगायतका क्षेत्र धानका लागि पकेट क्षेत्र मानिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : २१ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री