गर्भवतीका लागि 'माइतीको पोषिलो कोसेली' कार्यक्रम | Khabarhub Khabarhub

गर्भवतीका लागि ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती  र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिएका छन् ।

‘पोषिलो खानेकुराको अभावमा गर्भवती  र गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धिविकासमा असर परिरहेको हुन्छ’, उनले भने , ‘बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि गर्भमा रहँदादेखि नै ध्यान पुर्याउन सकियोस् भन्ने उद्देश्यले ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम सञ्चालन ल्याइएको हो ।’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका आउने गर्भवतीलाई पोषिलो आहार वितरण गर्ने गरिएको उनले बताए ।

‘पोषण सुधारका लागि सञ्चालित ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत गाउँमै उत्पादित लोकल भैँसीको घिउ र अन्डा गर्भवतीलाई प्रदान गर्ने गरिएको छ’, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टले भने, ‘गर्भ परीक्षण गराउन आएको पहिलो, तेस्रो र चौथो भेटमा प्रत्येक पटक एक–एक मानाका दरले लोकल घिउ र एक-एक क्रेट अन्डा उपलब्ध गराउने गरिएको हो ।’

स्थानीयस्तरमा उत्पादन भएको घिउमा मिसावट नहुने र पोषणयुक्त हुने भएकाले गाउँपालिकाले स्थानीय उत्पादन नै खरिद गरेर गर्भवतीलाई वितरण गर्दैै आएको शाखा प्रमुख भट्टले बताए । चौथोपटकको भेटमा सुत्केरी गराउन आएका बेला भने भैँसीको घिउ र अन्डासँगै न्यानो पछ्यौरीसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन प्रोत्साहनसमेत मिलेको शाखा उनले बताए । ‘नियमित गर्भ परीक्षण गराए आमा र शिशुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी हुने र गाउँपालिकाबाट पोषण सामग्री पनि पाउने भएपछि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने सोचको विकास पनि हुँदै गएको छ’, उनले भने, ‘यसबाट गर्भवतीलाई स्वास्थ्य सुरक्षामा ध्यान पुर्‍याउन पनि सजिलो भएको छ ।’

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : ४९ बजे

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने