चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन काठमाडौंमा « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन काठमाडौंमा


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । 

 दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्। ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोलीलाई त्रिभुवन बिमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगाएतले स्वागत गरेका थिए ।

 युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका छन् । युआन छोङछिङ नगर कमिटीमा सीपीसीका सचिव हुन् । नेपालमा रहँदासम्म उनले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

युआनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साउन ७ मा भेट्ने कार्यक्रम रहे पनि दाहाल इटाली  प्रस्थान गरिसकेकाले अब भेटवार्ता नहुने भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १ : ३० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन