प्रधानमन्त्री प्रचण्ड रोममा | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड रोममा


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुगेका छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुगेका हुन् । 

शनिबार साँझ काठमाडौंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार साढे ७ बजे रोम पुगेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी तथा इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमण टोलीमा छन् ।

‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  २ : ३५ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर