बैठक प्रत्यक्ष प्रसारणले पारदर्शिता प्रबर्द्धन : शेखर कोइराला « Khabarhub

बैठक प्रत्यक्ष प्रसारणले पारदर्शिता प्रबर्द्धन : शेखर कोइराला


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) हुँदा पारदर्शितालाई प्रबर्द्धन गरेको बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज आफ्ना धारणा राख्दै डा कोइरालाले कार्यविधि तय गरेरै बैठक प्रत्यक्ष प्रसारण गरेको भए अझ राम्रो हुने धारणा राखे । 

उनले भने, ‘कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक विषय, अन्तरदलीय विषय, निर्वाचन रणनीतिआदि विषयको स्पष्ट मार्गदर्शन बनाऔँ ।’

पछिल्लो आम निर्वाचनमा गठबन्धन गरेकै कारण कांग्रेस संसद्‌भित्र ठूलो दल भएको बताउँदै उनले ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पार्टीलाई प्राविधिक कारणले सम्भव नभएको बताए । यद्यपि कांग्रेसको समर्थनको संघीय सरकार रहको र प्रदेश सरकारमा पनि कांग्रेसको उपस्थिति बलियो रहेको उल्लेख गरे ।

‘कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक गर्‍यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानुपर्नेछ’, नेता डा कोइरालाले भने, ‘किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ ।’

गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीले स्वतस्फुर्तरुपमा काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नुपर्ने समय आएको उनको भनाइ थियो । 

उनले कांग्रेस सरकारमा छ, भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई सचेत हुन आग्रह गरे  । देशमा पछिल्ला दिनमा दण्डहिनता बढेर गएको उनको भनाइ छ । 

‘नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसद्मा रहेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० तत्काल खारेज गरिनुपर्छ । यदि यो विधेयक संसद्बाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ’, उनले भने।  दण्डहिनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना जनताले राखेको उनको भनाइ छ । 

उनले समाजवादी मोर्चा किन बनेको हो र गठबन्धनभित्रैबाट बनेको यसको औचित्य के भनी उनले प्रश्न गरे । भुटानी शरणार्थी प्रकरण विषयमा उनले केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेमा विश्वास व्यक्त गरे । 

प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्ने र त्यसको पहल कांग्रेसले गर्नुपर्ने नेता डा कोइरालाको भनाइ थियो । यसैगरी उनले विदेशमा बस्ने नेपालीलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको उल्लेख गर्दै यससम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागि कांग्रेसले जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

नेता डा कोइरालाले विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्ने धारणा व्यक्त गर्दै कांग्रेसले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके असन्तुष्ट भएकालाई पुनः मूलधारमा ल्याउन सकिने तर्क गरे ।

उनले विधानअनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनतर्फ जानुपर्ने माग गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : ०२ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका