डिभिजन वन कार्यालय बाँकेद्वारा ४२ वन्यजन्तुको उद्धार « Khabarhub

डिभिजन वन कार्यालय बाँकेद्वारा ४२ वन्यजन्तुको उद्धार


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जानकी– डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरिएको जिल्लास्थित वन कार्यालयले जनाएको छ ।

अधिकांश वन्यजन्तु जीवितै र केही मृतावस्थामा भएकालाई पनि उद्धार गरिएको कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले बताएका छन्। उनका अनुसार अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुनगोहोरो, निल गाईको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघलगायत वन्यजन्तुको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

त्यस्तै, करेत सर्प, निल गाईको बच्चा, हुचिल, धामन सर्प, सालक र चित्तलको बच्चा १-१ वटा उद्धार गरिएको खड्काले जानकारी दिए। उनका अनुसार मृत अवस्थामा बँदेल, चितुवा र बाघ १-१ वटा उद्धार गरिएको छ । जीवितै उद्धार गरिएका वन्यजन्तुलाई जिल्लास्थित विभिन्न सामुदायिक वनमा पुनःस्थापना गरिएको बताउँदै केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको खड्काले जानकारी दिए । 

घाइते वन्यजन्तुलाई वन कार्यालयमा राखेर औषधि उपचारपश्चात् पूर्णरूपमा निको भएपछि मात्र जंगलमा पुनःस्थापना गरिएको वन कार्यालयले जनाएको छ । जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको बढी चहलपहल हुनु, बाटो बिराएर मानवबस्तीमा प्रवेश गर्नुलगायत कारणले वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका उनको भनाइ थियो ।  

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : १४ बजे

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६