खप्तड शैलेश्वरी गोल्डकपको दोस्रो संस्करण सुरु | Khabarhub Khabarhub

खप्तड शैलेश्वरी गोल्डकपको दोस्रो संस्करण सुरु


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता, २०८० दोस्रो संस्करण शनिबारदेखि सिलगढीमा सुरु भएको छ । डोटी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । 

जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पुर्‍याउने र खेलाडीको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताएका छन् । 

उद्घाटन खेल भैरवप्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच भएको थियो । उक्त खेलमा भैरवप्रसाद गण पूर्वीचौकी गाउँपालिकासँग ८–१ गोल अन्तरले विजयी भएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिएका छन्  । 

खेलको पहिलो हाममा दुई गोल गरेको गणले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । पहिलो हाफमा गोल गर्न नसकेको पूर्वीचौकीले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरवप्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।

शनिबारदेखि सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका आठ समूह सहभागी छन् । 

त्यस्तै, पोल ‘बि’अन्तर्गत सिवाइएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बि) र सेती प्राविधिक शिक्षालयबीच खेल हुने आयोजकले जनाएको छ । नकआउट प्रणालीद्वारा खेलाइने प्रतियोगिता साउन १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ३ : २३ बजे

बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी

नेपालगन्ज– बाँकेको जयन्दु बाल सुधार गृहमा रहेका किशोर र युवाहरूले

बाँझो जमिनमा सामूहिक आलुखेती

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं– आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने

प्रहरीसहित राजस्व टोलीले छापा मारेपछि सिरहाका व्यावसायी आतंकित

सिरहा– सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

काठमाडौँ– सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि